HomeFeatured 2चेतना प्रकाशनद्वारा ६ जना सम्मानित

चेतना प्रकाशनद्वारा ६ जना सम्मानित

बिर्तामोड ११ असार । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरिएको छ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष विर्तामोडको सभाहलमा चेतना प्रकाशन संस्था झापाको आयोजनामा साहित्य, शिक्षा, कानूनी क्षेत्रका अग्रजहरुलाई सम्मान गरिएको हो ।
प्रकाशन समूहका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा प्रा डा मुकेशकुमार चालिसेकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केपी ढकाल, बरिष्ठ अधिवक्ता लीला उदासी, प्रेमप्रसाद भट्टराई, हरिचण बानियाँ, डम्बरबहादुर बस्नेत र मोरङ निवासी मधु पोखरेललाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्वहरु ।


सम्मानित सबैलाई जनही ७ हजार ५ सय नगदसहित सम्मान पत्र र खादा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा डा मुकेशकुमार चालिसे, अतिथि चुडामणि रेग्मी, सम्मानित व्यक्तिहरू सबैले मन्तव्य राखेको कार्यक्रममा व्यङ्ग्य साहित्यकार कोमलप्रसाद पोखरेल, झाँक्री गोले, विन्दुप्रसाद दाहाल, ज्ञानेन्द्र ढुङ्गाना, मधु पोखरेल, दुर्गाप्रसाद सिग्देल, मायामितु न्यौपाने, कल्पना ओली, डा. खगेन्द्र दाहाल, मिना अधिकारी लगायतले रचना वाचन गरेका थिए ।
अध्यक्ष खरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन पुण्य खरेलले गर्नुभएको थियो ।
सहकारी सञ्चालनको अवधारणा राखेर स्थापना भएको चेतना सहकारी पछिल्लो समय चेतना प्रकाशन संस्थाका नामबाट सञ्चालनमा रहेको देवीचरण भण्डारीले जानकारी दिनुभयो । लेखकहरुको कृति प्रकाशन गर्ने स्रोत जुटाउने उद्देश्यले चेतना प्रकाशन सहकारी संस्थाका नाममा २०६४ सालमा स्थापना भएको अध्यक्ष पुण्यप्रसाद खरेलले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चेतना प्रकाशनद्वारा ६ जना सम्मानित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img