Homeमेचीनगरमेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजारबढी

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजारबढी

मेचीनगर १० असार । झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमका लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको प्रथम वैठकमा मेचीनगर नगरपालिकाको आर्थिक विधेयक २०७९ को विनियोजन विधेयक प्रस्तुत गदैं उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०७९÷०८० को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय,विषयगत शाखा, उपशाखा तथा सेवाकेन्द्रले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने स्पष्ट पार्नुभयो ।
नगरप्रमुख उप्रेतीले अनुसूची १ दफा ३ बमोजिम सञ्चित कोषबाट विनियोजित रकम चालु खर्चतर्फ ६२ करोड २३ लाख, पूँजीगत खर्च ७० लाख ४ लाख ४ हजार १६, वित्तिय व्यवस्थापनतर्फ ६० लाख गरी कुल १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । संघीय सांसद तथा कार्यक्रमका प्रमुख अतिथि राम कार्कीले उद्घाटन गर्नुभएको थियो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाको दोस्रो नगर सभाको प्रथम बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति, योजना तथा कार्यक्रम र बजेटमा शिक्षा ,स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिइएको छ ।
बार्षिक बजेट, नीति तथा कार्यक्रमको आधार, औचित्य, उद्देश्य, प्राथमिकता, लक्ष्य, योजना तथा कार्यक्रम कार्यान्वयन नीतिहरु, बिषयगत क्षेत्र सम्बन्धि नीतिहरु, कृषि तथा पशु विकासजस्ता कुरालाई नगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।
चालु आव २०७८÷०७९ को २०७९ जेष्ठ मसान्तसम्मको यथार्य आय व्यय राजनैतिक दल, नागरिक समाज, नीजिक्षेत्र, सहित मेचीनगर नगरपालिकाभित्रका सरोकारवालाबाट प्राप्त सुझाव बमोजिम नीति, योजना तथा कार्यक्रमलाई समेत समेटेको बताइएको छ । बजेट नीति तथा कार्यक्रममा गरिबीको रेखामूनि रहेका तथा विभेद बहिष्करणमा परेका वर्ग, क्षेत्र, लिंग, जाति र समुदायलगायत सवै नगरबासीहरुको विकास र समृद्घिको आकाँक्षा सम्बोधन गर्ने नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापालगायत विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मेचीनगरमेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजारबढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img