काठमाडौं ७ असार । सञ्चारकर्म छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । लामिछानेले आज एक कार्यक्रमका बीच राष्ट्रिय सभा गृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै चुनाव चिन्ह्र घण्टी प्रस्ताव गर्दै दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।
आगामी संसदीय निर्वाचनमा उठ्ने तयारी गरेका रविले आफूलाई झापा, डडेल्धुरा र चितवनबाट उम्मेद्वार बन्न मन लागेको बताए । २१ जना केन्द्रीय सदस्य सहित पार्टी घोषणा गरेका रवि नेतृत्वको पार्टी भने बसुन्धरामा रहने जनाइएको छ । जनताको अवस्था बदल्ने इच्छाशक्तिका साथ घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी संगठन नरहने, चन्दा नमाग्ने, प्रत्यक्ष निर्वाचन, २० युवालाई ५० प्रतिशतको व्यवस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने लगायतका युवा समुदायको मन छुने खालका विषयवस्तु समेटेका छन् ।
रविले खोले पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’



















