HomeFeatured 2अलपत्र भवनमा कष्टका साथ पढिरहेका विद्यार्थीले घेरे जिसस

अलपत्र भवनमा कष्टका साथ पढिरहेका विद्यार्थीले घेरे जिसस

भद्रपुर । जिल्ला समन्वय समिति झापाको चरम लापरवाहीले विद्यालय भवन निर्माणमा अवरोध आएको ठहर सहित भद्रपुर ३ स्थित अरनिको माध्यमिक विद्यालय परिवारले धर्ना दिँदै विरोध सभा सम्पन्न गरेको छ ।
२०६७ सालबाट तत्कालिन जिविस रहँदै भवन निर्माण प्रकृया थालिएको विद्यालय भवन एक दशक पार गर्दा समेत निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र भवन मै कष्टका साथ पढ्नुपर्ने पीडा खप्न नसकेपछि विद्यार्थी, अभिभावक लगायत शिक्षक कर्मचारीले जिल्ला समन्वय समिति झापामा विरोध स्वरूप धर्ना दिएका हुन् ।
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन भद्रपुर ३ स्थित सूर्यनगरमा रहेको अरनिको माध्यमिक विद्यालयको भवन वर्षौयता अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएपछि अधुरो विद्यालय भवनमै पठनपाठन भइरहँदा भवन निर्माण पूरा गराउने दायित्व समेत नलिएको स्थानीय जिम्मेवार निकाय जिल्ला समन्वय समितिलाइृ अलपत्र भवनले गिज्याइ रहेको अनुभव गर्ने अवस्था छ ।
अधुरो विद्यालय भवनमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल वातावरण बन्न नसक्दा समस्या भइरहेको अध्ययनरत छात्रछात्रा दुखेसो पोख्ने गर्दछन् ।
भवन नबन्ने निश्चित भएपछि कष्ट सहेर पढिरहेका विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीले जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई लगायत जिम्मेवार निकायमा धर्ना दिँदै समस्या समाधानका लागि दवाव समेत दिएका छन् ।
साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन् । ३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहिन बनेको पनि वर्षौ भयो । तत्कालिन जिल्ला विकास समितिको मातहतमा निर्माण थालनी भएको भवन निर्माणको स्वामित्व स्थानीय सरकारसित आए पनि स्वामित्व पाएको भनिएको भद्रपुर सरकार प्रकृया नमिलेपछि बेखवर जस्तै बन्दा एक दशकयता सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउने अधिकारबाट सो विद्यालयमा अध्ययनरत विद्यार्थी बञ्चित भएको गुनासो पोख्ने गरेका छन् । भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् ।
विस २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततिका लागि भारत सरकार तथा भारतीय राजदूतावसले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियोृ । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएर करिव चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले जानकारी दिए । प्रधानाध्यापक खरेलले भने, ‘ठेकेदारले भवन निर्माण कार्यमा सुरुदेखि नै ढिलासुस्ती गरेकै हो, भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षा कोठामै सर्न बाध्य भयौँ।’ भवन निर्माणको विषयमा पटकपटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ । जिविस खारेज भएर स्थानीय तहमा अधिकार प्रत्यायोजन भएपछि पनि पटक पटक स्थानीय सरकार गुहार्दा समेत सुनुवाइ नहुँदा अलपत्र भवनमा पठनपाठन गर्नु पर्ने बाध्यता रहेको गुनासो प्रअ खरेलको छ ।
ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठनपाठनमा समस्या उत्पन्न भएको अध्ययनरत विद्यार्थीको गुनासो छ । उनीहरूका अनुसार ‘ विद्यालय भित्र पढ्न सारै समस्या छ, कक्षा कोठामा झ्याल ढोका छैनन्, बर्खामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन । सुरक्षित विद्यालय भवनबाट पठनपाठन गर्न पाउने अधिकारविहिन हुनु परेको विद्यार्थीहरूको दुखेसो छ ।
अघिल्लो नगर नेतृत्वले समस्या हलमा चासो नदिएपछि यस पटक विजयी नेतृत्वसित विद्यालय बनाइ दिने आशा पालेको विद्यालय प्रशासनले समस्या हल हुने संकेत नपाएपछि माथिल्लो कार्यालय परिसर घेराउ गर्न बाध्य भएको दुखेसो छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अलपत्र भवनमा कष्टका साथ पढिरहेका विद्यार्थीले घेरे जिसस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img