दमक । अविरल बर्षासंगै रतुवा खोलामा आएको बाढीका कारण दमक नगरपालिका वडा नं. ७ का १३ घर परिवार विस्थापित भएका छन् । बाढीबाट विस्थापित भएकालाई उद्दार गरी सुरक्षित स्थान तथा आफन्तकोमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विस्थापित हुनेमा खड्ग लिम्बु, विष्णु लिम्बु, सुबास लिम्बु, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, बिमल किस्कु, राजेस किस्कु , मनोज मास्के, भारती
तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ, दिपक गुरुङको परिवार रहेका छन् ।
दमक ७ स्थित रेडक्रस भवन पछाडी खोला किनार नजिक रहेको बस्तिमा बाढी पसेको हो । बाढीबाट घरमा क्षति भएपछि नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरिएको हो ।
बाढीबाट गौरादह नगरपालिका वडा नं. ६ स्थित टंगुवा बस्तिमा पानी पस्दा लगभग २५ घर डुबानमा परेको स्थानीयले जनाएका छन्
रतुवा खोलामा आएको बाढीबाट १३ घर विस्थापित



















