भदपुर ५ असार । झापाको सदरमुकाम भद्रपुरमा रहेको चन्दगढी खानेपानी उपभोत्ता तथा सरसफाई समितिको शनिवार सम्पन्न निर्वाचनबाट राप्रपा र एमाले सहितको प्रगतिशिल राष्ट्रबादीका तर्फबाट साझा उम्मेद्वार पुरुषोत्तम अधिकारी तेस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ ।
एकहजार एकसय ९७ मत सहित प्रजातान्त्रिक पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएका गोविन्द लम्साललाइ २ सय ६४ मतअन्तरले पराजित गर्दै अधिकारी निर्वाचित हुनु भएको हो ।
खसेको दुई हजार चारसय १७ मत मध्ये लम्साललले नाै सय ३३ मत प्राप्त गर्नु भएको थियो ।
यसै गरी अर्का स्वतन्त्र उम्मेद्वार यादप्रसाद भट्टराईले एकसय एक मत प्राप्त गर्नु भएको छ । अन्य पदहरुमा पनि प्रगतिशिल राष्ट्रवादी समुहकै सबै प्यानलनै निर्वाचित भएको छ ।
समिति उपाध्यक्षमा बाबुराम पराजुली एकहजार तीनसय ६६ मत सहित विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी उत्तम कोईरालाले ८ सय ७१ मत ल्याउनु भएको थियो ।
सचिवमा बाबुराम कार्की १ हामर १ सय ८० मत, सह सचिवमा भुमा सिवाकोटी १ हजार २ सय ६७ , कोषाध्यक्षमा खेमराज भट्टराई १ हजार ३ सय सय २० मत सहित निर्वाचित हुनु भएको छ ।
आगामी ४ बर्षे कार्यकालका लागि गठित समिति खुला सदस्यहरुमा क्रमशः कृष्णप्रसाद खतिवडा , मोहनकुमार श्रेष्ठ र रामकुमार गिरी निर्वाचित भएका छन् ।
त्यसै गरी महिला सदस्यहरुमा सुजन विष्ट दुलाल , गंगा घिमिरे नेपाल र सुमित्रा न्यौपाने भट्टराई निर्वाचित भएको निर्वाचन समति संयोजक टंक प्रसाद दंगालले बताउनु भयो ।
यसै गरि लेखा समिति संयोजकमा माधवप्राद घिमिरे सदस्यहरुमा क्रमशःकृष्णबहादुर कट्वाल र निर्मल चाम्लिङ्ग निर्वाचित हुनु भएको संयोजक दंगालले जानकारी दिनु भयो ।
यस समतिमा ३ हजार ५ सय १७ जना उपभोत्ता सदस्यहरु रहेको छन् ।
चन्दगढी खानेपानीमा प्रगतिशिल राष्ट्रबादीकाे प्यानलै विजयी



















