HomeFeatured 2झापा गाउँपालिका चेम्बर अफ कमर्श गठन, अध्यक्षमा राजेन्द्रप्रसाद

झापा गाउँपालिका चेम्बर अफ कमर्श गठन, अध्यक्षमा राजेन्द्रप्रसाद

झापा बजार ४ असार । शनिबार ( आज) आयाेजित एक कार्यक्रमका बीच झापा गाउँपालिका चेम्बर अफ कमर्श गठन भएको छ । झापा गाउँपालिकाको झापा बजारमा भएको व्यवसायीहरुको भेलाबाट स्थानिय व्यवसायी राजेन्द्रप्रसाद अग्रवाल (राजु) को नेतृत्वमा सर्वसम्मत रुपमा समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी गणेश र सचित्र वर्मन , सचिवमा मोहन मिश्र , सह-सचिव पशुपति गणेश, कोषाध्यक्ष बिकास अग्रवाल साथै सदस्यहरुमा दिलिप सिहं राजपुत , भरत राजवंशी , निर्मला खड्का , बसन्ति गणेश , मदन अोली , चन्द्रदेव यादव , बिष्णु प्रसाद गनगाईँ , छत्र पाण्डे , केशव खत्री रहेका छन् ।
नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम चेम्बर झापाका सचिव बिरोध सुबेदीले संचालन गर्नुभएकाे थियाे । प्रमुख अतिथि बिमली ले शुभकामना मन्तव्य दिँदै आवश्यक सहयोग र समन्वयका निम्ति केन्द्रीय समिति तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । कन्काई चेम्बर अफ कमर्श अध्यक्ष मिनाल तिम्सिनाले शुभकामना दिनु हुँदै भौगोलिक हिसाबमा मात्र नभई कार्यगत रुपमै व्यवसायीका हकहितका निम्ति कन्काई चेम्बर र झापा गाउँपालिका चेम्बर सगैँ अगाडि बढ्ने बताउनु भयो ।
चेम्बर अफ कमर्श प्रदेश १ उपाध्यक्ष सन्तोष कुमार अग्रवालले स्थानिय निकायहरुमा चेम्बरहरु गठन गर्नुको आवश्यकताबारे प्रकाश पार्नु भएको थियो ।
नव निर्वाचित अध्यक्ष अग्रवालले अाफु व्यवसायीका पक्षमा अडिक रहेको र स्थानीय सरकारले बनाउने नीति निमार्णमा व्यवसायीका मुद्दा सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा गाउँपालिका चेम्बर अफ कमर्श गठन, अध्यक्षमा राजेन्द्रप्रसाद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img