बिर्तामाेड । नेपाल शिक्षक संघ विर्तामोडको चौथो प्रतिनिधि सभा सम्पन्न भएको छ। नेपाल शिक्षक संघ विर्तामोडका अध्यक्ष लिला प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी संविधानसभा सदस्य माननीय सुधीरकुमार शिवाकोटी ,विशिष्ट अतिथिहरुमा नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेल ,नेपाली कांग्रेस विर्तामोडका नगर सभापति भोजराज सिटौला ,शिक्षा शाखा विर्तामोडका प्रमुख तिलचन भण्डारी ,वडा न ४ का वडाध्यक्ष कुल प्रसाद संग्रौला,वडा न ६ का वडाध्यक्ष सुर्य प्रसाद कन्दङ्गवा,नेपाल शिक्षक संघ प्रदेश १ का उपमहासचिव चित्रकला ओली,नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेल लगायतको उपस्थिति रहेको थियो। धनकुमारी खरेल लताले संचालन गरेको कार्यक्रममा नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेल ,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी ,नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेल,नगर सभापति भोजराज सिटौला ,प्रमुख अतिथि सुधिर कुमार शिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्षले सवै विकासको संवाहक शिक्षा क्षेत्र भएकोले स्थानीय सरकारले बजेटको उचित प्रवन्ध गर्दै व्यावसायिक शिक्षामा बजेटको प्रवन्ध गर्नुपर्ने जोड दिनु भयो। उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान र विद्यालयलाई डिजिटलाईज गर्दै टिकाऊ र विकाऊ शिक्षा प्रबन्ध गर्ने स्थानीय तह लाग्नु पर्ने बताउनु भयो।पाँच वर्षको अवधिमा शैक्षिक गुरुयोजना निर्माण गर्न नसक्नु विडम्बना रहेको बताउनु भयो। त्यसैगरी शिक्षा शाखा प्रमुख भण्डारीले अन्य भन्दा तुलनात्मक रुपमा समन्वयत्माक रुपमा शिक्षामा काम भैइरहेको तर अझ शिक्षामा लगानी वृद्धि गर्नुपर्ने विषयमा जोड दिनु भयो। शिक्षा क्षेत्रमा काम गर्ने शिक्षा कर्मीको योगदानको उचित कदर र सम्मान गर्ने सके मात्रै शिक्षामा फड्को मार्न सकिने बताउनु भयो। उहाँले शिक्षालाई युगानुकुल र समय सापेक्ष रुपमा रुपान्तरण गर्दै सामुदायिक विद्यालयको स्तर उन्नति गर्दै आवशिय र प्राविधिक विद्यालयको रुपमा रुपान्तरण गर्ने नीति नेपाली कांग्रेसले लिने बताउनु भयो। विपन्न र गरिवीको रेखामुनि रहेको सवै बालबालिका शिक्षामा पंहुच स्थापित गराई विर्तामोडलाई एउटा शिक्षाको गन्तव्यको विकास गर्ने चाहाना रहेको बताउनु भयो। विद्यालय शिक्षालाई पुर्ण निशुल्क बनाउदै शिपमुलक र संस्कारयुक्त शिक्षामा जोड दिने नीति लिने बताउनु भयो। शिक्षक संघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेलले संघीय शिक्षा ऎन जारी नगरेर सामुदायिक विद्यालयलाई ध्वस्त पार्न काम विगतको सरकारले गरेको हुँदा वर्तमान सरकारले चाँडै शिक्षा ऎन जारी गरि विद्यालय शिक्षा सवलिकरण गर्दै बाल शिक्षक ,विद्यालय कर्मचारी ,करार ,राहत ,साविक उच्च माविका शिक्षक तथा लामो समय अस्थायी सेवा गरेर स्थायी हुनुभएको शिक्षकहरु समस्या हल गर्नुपर्ने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथी सुधिर कुमार शिवाकोटीले प्रजातन्त्र र लोकतन्त्र स्थापना गर्न नेपाली शिक्षकहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउदै शिक्षकहरु समाजका सामाजिक ईन्जिनियर भएकोले शिक्षकमा भएको क्षमतालाई राज्यले उचित रुपले उपयोग गर्न नसकेको भन्दै विद्यालयको प्रारम्भिक शिक्षामा काम गर्ने शिक्षक तथा कर्मचारीलाई राज्यले विभेद गरेको बताउँदै त्यसमा सुधारको निम्ति केन्द्रिय तहमा आवश्यक पहल कदमी लिने बताउनु भयो। विर्तामोड नगरमा भित्रका उत्कृष्टको रुपमा दामोदर न्यौपाने,रत्नमान गिरी ,शान्ता चुडाल,हरी पोख्रेल ,ईश्वरी खड्का ,वेदमाया खनाल ,शोभा भट्टराई ,कृष्ण कार्की,रमेश ढुङ्गेल टंङ्क घिमिरे लगायतका २३ जना उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ। कार्यक्रम समापन गर्दै लिला प्रसाद भण्डारीले शिक्षक सम्मान तथा अन्य रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो।

































































































