भद्रपुर ७ बैशाख । नेपाल निजामतिकर्मचारी संगठन जिल्ला कार्य समिति झापाले संगठन स्थापनाको २३ औं बर्ष प्रवेशको सन्दर्भमा दर्जनौ अबकास प्राप्त कर्मचारीलाई बिदाई सम्मान तथा नव प्रवेशी कर्मचारीहरुलाई संगठनमा स्वागत सम्मान गरेको छ ।
प्रदेश सांसद बसन्त बानियाको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा बुधवार आयोजित कार्यक्रमका बीच झापाका १५ वटै स्थानीय तह अन्र्तगतका सरकारी कार्यलयहरुबाट अबकास प्राप्त १ सय ३ जना सेवानिबृत्त कर्मचारीलाई विदाई सम्मान तथा ५६ जना नव प्रबेशीहरुलाई स्वागत सम्मान गरिएको हो ।
कोरानाका कहरका कारण स्थगित गरिएको विदाई तथा स्वागत सम्मान कार्यक्रममा २०७६ साल देखी संगठनमा आबद्ध अवकाश प्राप्त सेवानिबृत्त कर्मचारीलाइ प्रमाण पत्र तथा सोहि साल देखि हालसम्म सेवा प्रबेश गरेका नव प्रबेशीहरुलाई फुल माला र डायरी प्रदान गरेर सम्मान गरिएको थियो ।
उहांहरुलाइ संगठनका अध्यक्ष केदार पोखरेल, प्रमुख अतिथि बानिया लगायतका सहभागिहरुले सम्मान गर्नु भएको थियो ।
पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा प्रमुख अतिथि बानिया, विशेष अतिथि पेशागत महासंग प्रदेश नं १ का संयोजक देवराज कार्की, नव प्रबेशी साजन अधिकारी, आधिकारीक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाई लगायतले मन्तव्य राख्नु भएको थियो ।
पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मनोज तिम्सिना र स्वागत संगठन उपाध्यक्ष हिरण्य न्यौपानेले गर्नु भएको थियो ।
सेवानिबृत्त कर्मचारीलाई विदाई स्वागत



















