पाँचथर ५ बैशाख । नेपाल प्रेस युनियन पाँचथर शाखाकाे बार्षिक साधारणा सभा तथा पुरस्कार वितरण र भित्ते पात्राे विमोचन कार्यक्रम सम्पन्न भएकाे छ ।
शाखा सभापति जितेन्द्र भण्डारीकाे अध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देउमान केरूङ स्मृति पत्रकारिता पुरस्कारबाट दिपक बाेहरा र कुमार खड्का तथा लाेकनाथ स्मृति पत्रकारिता पुरस्कारबाट संगीता सुहाङ र रमेश गुरूङलाई पुरस्कृत गरिएकाे हाे ।
पुरस्कृत प्रतिभालाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि प्रेस युनियन केन्द्रीय काेषाध्यक्ष सराेज अधिकारी पुरस्कारका अक्षयकोषदाता सुरेन्द्रकुमार केरूङ र छवि बास्काेटासहित उपस्थित अतिथिहरूले प्रमाण पत्र तथा नगद राशी वितरण गरिएकाे थियाे । पुरस्कारको राशी समान १०/१० हजार नगद रहेकाे छ ।
कार्यक्रममा पाँचथर शाखाका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेहरूमा संस्थापक अध्यक्ष श्याम पराजुली, लवदेव ढुङ्गाना, दुर्गा बराल, बिपेन्द्र गाैतम, लक्ष्मी गाैतम,भीकुमार बास्काेटा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि आङ्देम्बेले लोकतन्त्रको सस्थागत बिकासका लागि आफ्नो पार्टी काङ्ग्रेसले सरकारको नेतृत्व लिएको धारणा राख्नुभयो । भात्री तथा शुभेच्छुक संघ सस्थाको समयमा महाधिवेशन नहुदा लोकतान्त्रिक मर्ममाथी चोट पुगेको अनुभव आफुहरुलाइ पनि भएको धारणा राख्दै केन्द्रीय समितिले यसलाई छिटो सम्बोधन गर्ने आश्वासन दिनुभयो ।
विशेष अतिथि अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा कसैसंग पनि सम्झाैता नगर्ने बताउनु भयाे । पत्रकारिताभित्र पारिश्रमिक, नियुक्ति पत्र नदिने अवस्था अहिले पनि यथावत रहेकोप्रती आफ्नो ध्यानाकर्षण भएको बताउदै उहाले पारिश्रमिक दिन नसक्नेले संचार उध्योग संचालन नगर्न आग्रह गर्नुभयो ।
कांग्रेसले चुनावका बेलामा मात्र प्रेस युनियनलाई सम्झने गरेका कारण पनि समस्या देखिएकाे बताउनु भएकाे छ । नेपाली कांग्रेस पाँचथरका सभापति रूपनारायण जवेगु, नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति तथा देउमान स्मृति पत्रकारिता पुरस्कारका दाता नरेन्द्रकुमार केरूङ, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ साेम सुसेली, पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्याैपाने, नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका उपाध्यक्ष लवदेव ढुङ्गाना, पूर्व अध्यक्षका तर्फबाट बास्काेटा, नेपाल प्रेस युनियन झापा सभापति इन्दु पूर्वेली, मित्र काफ्ले, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राधा लुईटेलले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सराेज शर्माले गर्नुभएकाे थियो ।
प्रेस स्वतन्त्रता -लाेकतन्त्रकाे आधार

































































































