बिर्तामोड ६ चैत । नेतृत्वको आकांक्षा राखेर जिल्ला दौडाहामा हिडेका नेपाल प्रेस युनियनका पदाधिकारीलाई पुर्बका धेरै जिल्ला शाखाहरुले साझा प्रश्न तेर्स्याएका छ्न । ती हुन-“अब चाहिँ समयमै महाधिवेशन हुन्छ ?, महाधिवेशन तोकिसकेपछी बिधान बिपरित किन सदस्य मनोनयन गरियो ? अब तोकिएको समयमा महाधिवेशन हुने ग्यारेन्टी के ?, ८ बर्षसम्म महाधिवेशन नहुदा जाम भएका जिल्ला तहका नेताको ब्यवस्थापन कसरी गर्ने ?, जिल्ला शाखाहरुको पदावधि के हुने ? संघीय सरचनाका लागि बिधान बन्यो ?”
नेपाल प्रेस युनियनको नेतृत्वमा पुग्ने आकांक्षा राखेर प्रदेश -१ को जिल्ला दौडाहामा हिडेका वर्तमान कोषध्यक्ष सरोज अधिकारीले झापा, इलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र सुनसरी जिल्लामा यी प्रश्नको जबाफ दिइरहनु पर्यो । उनले मात्रै होइन जिल्ला दौडाहामा डेढ साताअघि इलाम, झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा वर्तमान केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पनि यिनै साझा प्रश्नको सामना गर्नुपरेको थियोे ।
२०७१ सालमा निर्वाचित युनियन अहिले ८ बर्ष पूरा गरेर नवौ बर्षको दौरानमा छ । २०७४ सालदेखि नै विभिन्न मितिमा महाधिवेशनको मिति तोकिए पनि स्थानीय तह निर्वाचन, कोरोना संक्रमण आदि कारण देखाएर यसघी तोकिएको महाधिवेशन स्थगित गरिए पछि अब जेठ १३ र १४ गते तोकिएको समयमा पनि महाधिवेशन हुन्छ वा हुदैन ? भन्ने अन्योल सबैमा छ ।
नेपाल प्रेस युनियनका पुर्ब केन्द्रीय सदस्य लोकराज ढकाल, अध्यक्ष इन्दु पुर्बेली, सल्लाहकार राजेन्द्र गौतम, केन्द्रीय पार्सद रेजिना गौतम, सुशीला सङ्रौला, राजेन्द्र चौलागाईं, यज्ञप्रसाद पाठक, शेखर सेढाई, इलामका सोमनाथ सुसेली, पाचथरका लबदेब ढुंगाना, भिम बास्कोटा, जितेन्द्र भण्डारी, ताप्लेजुङका आनन्द गौतम, सन्तोष पुर्कुटी, तेह्रथुमका टि आर सेसेहाङ, धनकुटाका प्रेस युनियनका पुर्ब सभापतिहरु एवं वर्तमान सभापती हिमा चेम्जोङ, सुनसरीका सभापति – पवन अधिकारी, गणेश निरौला, भीषण राई, अमर खड्का, कृष्ण भुल्केली भट्टराई, धनबहादुर पुरी, सन्जिब वाग्ले लगायत सबैले केन्द्रीय नेतृत्वसगको भेटमा यिनै प्रश्न दोहोर्याए ।
प्रश्नको जबाफ दिने क्रममा केन्द्रीय कोषध्यक्ष सरोज अधिकारीले महाधिवेशन हुन्छ कि हुँदैन भन्ने प्रश्नको सामना सबै जिल्लामा गर्नुपरेको बताउदै अब समयमै महाधिवेशन हुने बिश्वास दिलाएका थिए ।
महाधिवेशनका लागि हेटौंडामा हल बुकिङ भैसकेको, लजिस्टिक सपोर्ट जुटाइसकेको, उपसमितिहरु बनाएर तयारी थालिएको बताउदै सस्था जोगाउनका लागि पनि महाधिवेशन गर्नैपर्ने अवस्था रहेकोे बताउनुभयो ।
संघीय सरचना निर्माणका लागि बिधानको ड्राफ भैरहेको जानकारी दिदै उहाले अधिकास शाखाका सभापति, कार्यसमिति, महाधिवेशन प्रतिनिधिसगको भेटमा संघीय तहको निर्वाचन सकिनेबितिकै प्रदेश अधिबेशन गर्ने र प्रदेशलाई बलियो सरचना बनाउने बताउनुभयो ।
पत्रकारिताका समस्या घटाउन राजनीतिक रुपमै पहल गरेर नीतिगत रुपमै बलियो कानुनी ब्यवस्था गर्नुपर्नेमा उहाको जोड थियो ।
जिल्लाको समयावधि एवं सस्था चलायमान बनाउन महाधिवेशनबाटै सन्कल्प प्रस्ताव पारित गरेर जानुपर्ने अधिकारीको धारणा छ ।
लगभग डेढसाताअघि झापा आएका दीपक आचार्यले पनि अब पनि तोकिएको समयमा महाधिवेशन नभए आफू समितिमा नरह्ने संकेत गरेका थिए । केन्द्रीय समितिबाट भएको सदस्री मनोनयनमा आफुहरुको असहमति रहेको समेत दुबैले बताए ।
युनियन आवद्ध पत्रकारको साझा प्रश्न-ताेकिएकै समयमा महाधिवेशन हुन्छ ?



















