Homeसमाचारमहाधिवेशन हुनेमा शंका नगर्न अधिकारीको अनुरोध

महाधिवेशन हुनेमा शंका नगर्न अधिकारीको अनुरोध

विर्तामोड ४ बैशाख । नेपाल प्रेस युनियनका केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारीले तोकिएको समयमै प्रेस युनियनको महाधिवेशन हुने दावी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन झापाका पदाधिकारी/सदस्यहरुसँगको छलफलमा कोषाध्यक्ष अधिकारीले महाधिवेशनको पूर्वतयारी तीब्र गतिमा अघि बढिरहेको बताउँदै विभिन्न उपसमितिहरु गठन गरी तयारी तीब्र पारिएको जानकारी दिनुभयो । पटक–पटक महाधिवेशन तोक्दै स्थगित गर्दै गरेपछि युनियनको महाधिवेशन फेरि पनि समयमा हुन्छ कि हुँदैन ? भन्ने अन्योल बढेको सहभागीले जिज्ञाशा राखेपछि कोषाध्यक्ष अधिकारीले अब युनियनको महाधिवेशन नसर्ने बताउनुभएको हो ।
केन्द्रीय समितिमा पछिल्लो समय मनोनित सदस्यका विषयमा कोषाध्यक्ष अधिकारीले युनियनको विधान, नीति, नियमको पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो । यस विषयमा सचिवालयको बैठकमा छलफल हुने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकालले स्थापना कालदेखि झापाले गरेका कार्यहरुको चर्चा गर्दै प्रेस युनियनको लोगो र झण्डा झापामै बनिएको बताउनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले विधि, पद्धति र विधानको पालना सबैको कर्तब्य भएको बताउँनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सल्लाहकार राजेन्द्र गौतम, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महिला उपाध्यक्ष सुशिला संग्रौला, प्रेस युनियन केन्द्रीय पार्सद लक्ष्मी लुइटेल, यज्ञप्रसाद पाठक, राजेन्द्र चम्लागाई, रेजिना गौतम, इश्वर अधिकारी, अर्जुन राजवंशी, सचिव डिल्लीराम घोर्साई, सदस्य रणदेव हजाम, कमल सिटौला, शेखर सेढाई लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहाधिवेशन हुनेमा शंका नगर्न अधिकारीको अनुरोध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img