भद्रपुर २७ फागुन । द्रर्घटना न्युनीकरणमा सहयोग पुर्रयाउनुका साथै सवारी चालकलाई समेत ट्राफिक नियमबारे जानकारी गराउने उद्देश्यले भद्रपुर नगरपालिका वडा नं–९ का विभिन्न ३ स्थानमा ट्राफिक सचेतना सम्बन्धि सूचना लेखिएका बोर्ड राखिएको छ ।
नगरपालिका वडा नं ९ को आयोजनामा शुक्रवार संक्षिप्त कार्यक्रमका बीच सवारी आवत जावतमा सडक भित्रपर्ने लक्ष्मी चौक, पारिजात चोक र घोडामाराको बरपिपल चोक सहितका ३ स्थानमा राखिएका सचेतना बोर्डको नगर प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गर्नु भयो ।
विद्यालय, बजार जस्ता स्थानहरुमा जोखिम कम गर्ने उद्देश्यले सचेतना बोर्ड राखिएको वडा सदस्य नुतन पौडेलले जानकारी दिनुभयोे । उहाँले अबको केहि दिन भित्रै वडा भित्रका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ विद्यालय केन्द्रित टा«फिक सचेतना सम्बन्धि प्रशिक्षण दिने जानकारी दिनुभयो । वडा सचिव हरी चौलागाईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष लगायतका पदाधिकारी, स्थानीयहरुको सहभागिता रहेको थियो ।
चोक चोकमा ट्राफिक सचेतना सम्बन्धी बोर्ड

































































































