झापा २८ फागुन । आगामी वैशाख ३० गते गरिने स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा आयोगले खर्चको सीमाबारे जानकारी दिएको हो ।
आयोगले तय गरेको निर्वाचन खर्च सीमा अनुसार महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले अधिकतम ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ भने उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार निर्वाचन खर्चको सीमा तोकेको छ ।
त्यसैगरी नगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा चार लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ भने गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षले बढीमा ३ लाख ५० हजार, महानगरको वडा अध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा ३ लाख र उपमहानगरको वडा अध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा २ लाख ५० हजार खर्च गर्न पाउनेछन्। नगरपालिकाको वडाध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा २ लाख र गाउँपालिकाको वडाध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा १ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ।
जिल्ला समन्वय समितितर्फ उम्मेदवारको खर्चको सीमा भने आयोगले घटाएको छ। अब जिसस प्रमुखको उम्मेदवारले ५० हजारसम्म र सदस्यको उम्मेदवारले २५ हजारसम्म खर्च गर्न पाउनेछन् ।
आयोगले तोक्यो स्थानीय तह उम्मेद्वारका लागि चुनावी खर्चको सीमा

































































































