Homeसमाचारअमेरिकन सेना नेपालमा पस्छ, भन्ने भ्रमका पछि नलाग्न आग्रह

अमेरिकन सेना नेपालमा पस्छ, भन्ने भ्रमका पछि नलाग्न आग्रह

बिर्तामोड २७ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले एमसिसि परियोजनामार्फत अमेरिकन सेना नेपालमा पस्छ भनेर फैलाइएको भ्रमका पछि नलाग्न आग्रह गर्नुभएको छ ।
यही फागुन २९ गतेबाट चैत २९ गतेसम्म सञ्चालन हुने ‘गाउँ–गाउँ जाऔं–कांग्रेस जिताऔं’ अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधिको रुपमा झापा आइपुग्नुभएका रायमाझीले नेपाली कांग्रेस झापाको बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो ।
एमसिसि परियोजना एमसिएमार्फत सञ्चालन हुने र एमसिएको प्रमुख अर्थ मन्त्रालयको सचिव रहने प्रावधान एमसिसि सम्झौतामा स्पष्ट उल्लेख रहेको जानकारी दिदै केन्द्रीय सदस्य रायमाझीले एमसिसिका कारण कुनै पनि शैन्य गतिविधि नहुने दावी गर्नुभयो ।
एमसिसि परियोजनाको लगानी हाइड्रो र सडक विकासमा खर्च हुने बताउँदै उहाँले सम्झौता पारित गर्ने क्रममा कम्युनिष्ट नेताहरुले दोधारे चरित्र देखाएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको सभापतित्वमा सम्पन्न बैठकमा पार्टीका पदाधिकारीहरु उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिवद्वय कमल भण्डारी र कालेन्द्र राजवंशी , पूर्वसांसद डिल्लीप्रसाद सिटौला, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ÷नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका सभापतिहरुको सहभागिता रहेको थियो ।
बैठकले कांग्रेस केन्द्रीय समितिको फागुन २५ को परिपत्र बमोजिम ‘घर–घर जाऔं–कांग्रेस जिताऔं’ अभियानलाई सशक्त बनाउँदै जिल्ला समितिको यसअघिको निर्णयानुसार अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा सभापति थेवेले जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ÷नगर, वडा, टोलसम्म पुग्ने अभियान सफल बनाउन र जनतामा जागरण ल्याउन सबै तहका नेता÷कार्यकर्तालाई आग्रह गर्नुभयो । अभियान सञ्चालनबारे उपसभापति पाण्डेले प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सचिव हुमागाईले गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय समितिले एमसिसिकाबारे जनतामा रहेको भ्रम र यथार्थबारे जानकारी गराउने, स्थानीय निर्वाचन परिणामका लागि कांग्रेसको पक्षमा माहौल बनाउने, पार्टी कार्यकर्ताबीचमा एकता र ऊर्जा अभिबृद्धि गर्ने, विधान बमोजिम जिम्मेवारी बाँडफाँड गरी सबै कार्यकर्तालाई जिम्मेवारी दिने, नेपाली कांग्रेसको नेतृत्वमा भएका राजनीतिक, आर्थिक उपलब्धीहरु जन–जनमा पु¥याउने लगायतका लक्षसहित देशभर अभियान सञ्चालन गर्दैछ । अभियानको उद्घाटन आगामी २९ गते देशभर एकैपटक हुने समेत केन्द्रीय प्रतिनिधि रायमाझीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअमेरिकन सेना नेपालमा पस्छ, भन्ने भ्रमका पछि नलाग्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img