बिर्तामोड २३ फागुन । मेची माहाकाली बुहारी संयुक्त आवाज की केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेको जन्मोत्सबको अवसर पारेर तारा नमस्ते बालग्राममा १० हजार मूल्य बराबरको उपभोग्य सामग्री प्रदान गरिएको छ ।
आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको सहयोगमा उपाध्यक्ष काफ्लेको जन्मोत्सवमा खाध्यान्न एवं बिस्तारासहित गरि १० हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको हो ।
बिर्तामोड ४ स्थित लालीगुँरास टोलमा रहेको नमस्ते तारा बालग्रामका कोषध्यक्ष यसोदा पोखरेललाई आवाजका उपाध्यक्ष काफ्लेसहितको टीमले सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा मेचीमहाकाली बुहारी सम्युक्त आवाजका झापा अध्यक्ष शिखा खड्का गणेश, उपाध्यक्ष गंगा भट्टराई, सचिव कविता थापा, दमक उपशाखा संयोजक जमुना निरौला अधिकारी, उपशाखा सचिव रिना राई चेम्जोङ, झापा जिल्ला सल्लाहकार रञ्जु प्याकुरेल, झापा जिल्ला आजीवन सदस्य सम्झना दंगाल लगायतको सहभागिता रहेको थियो । बालग्राममा १८ जना बालबालिका रहेका छन ।
काफ्लेको जन्मोत्सवमा बालग्रामलाई सहयोग

































































































