हल्दिबारी २२ फागुन । जनकल्याण प्रतिष्ठानमार्फत नेपालमा एकल विद्यालय सञ्चालन हुन थालेको २५ औं वर्षमा शुरु भएको अवसरमा झापाको हल्दिबारीमा बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा एक विद्यालय सञ्चालन प्रारम्भ भएको २५ औं वर्षको अवसरमा हल्दिबारी–४ मा आयोजित कार्यक्रममा एकल विद्यालयमा अध्ययनरत बालबालिकाले विद्यालयमा सिकेका योग तथा अन्य विभिन्न क्रियाकलापको प्रस्तुती गरेका थिए ।

हरिप्रसाद गौतमको अध्भ्यक्षता तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५ वटा एकल विद्यालयका विद्यार्थीले विद्यालयगत रुपमा योगगित, राष्ट्रिय गीत, वक्तृत्वकला, तथा नृत्य प्रस्तुत गरेका थिए । जनकल्याण प्रतिष्ठानका बारेमा एकल विद्यालयका बारेमा राष्ट्रिय ग्रामोत्थान योजना प्रमुख अमरेन्द्रकुमार ठाकुरले प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, हल्दिवारी–५ का वडा सदस्य तारा ढकाल, वडा सचिव भजन संग्रौला, एकल अभियान प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुवेदी, धार्मिक अभियान्ता जगन्नाथ भण्डारी, मणिकुमार राई लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
विराटनगर भाग प्रमुख योगमाया न्यौपानेले कार्यकर्ता परिचय गराएको कार्यक्रममा स्वागत भोजनाथ ढकालले गर्नुभएको थियो भने सञ्चालन माया मैनालीले गरेको कार्यक्रम व्यवस्थापक तथा जिल्ला प्रमुख खिनमाया फुयालले जानकारी दिनुभयो ।
सन्च प्रमुख शोभा आले मगर , पिताम्बर बराल ,सरु न्यौपाने ,विश्व हिन्दु परिषद नेपालका सीता ढुंगेललगायतको उपस्थिति रहेको कार्यक्रममा राधाकृष्ण एकल विद्यालयले सरस्वती बन्दना प्रस्तुत गरेको थियो भने रजत वर्ष मनाउन आयोजित कार्यक्रममा लक्ष्मी नारायण, किरातेश्वर, सिद्धकाली र नव दुर्गा एकल विद्यालयको सहभागिता रहेको थियो ।

































































































