Homeमहिलाप्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित

प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित

विर्तामोड २३ फागुन । सामाजिक न्याय, हिंसा न्युनीकरण एवं समाज रुपान्तरणका लागि क्रियाशील सामाजिक संस्था मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ ।
११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उहाँको निवासमै पुगेर बुहारीहरुको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित थपलियालाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष शिखा खड्का गणेश, कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस झापाका सदस्य रमेश पोखरेल, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, राप्रपा नेपालकी नेतृ एवं आयोजक संस्थाकी सल्लाहकार राधा कार्कीसहित बुहारीहरुको समूहले थपलियालाई सम्मान गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रमेश पोखरेलले हर्षकुमारी आमाहरुको सिद्धान्तप्रतिको निष्ठा, प्रजातान्त्रिक शासन ब्यवस्थाको अटल चाहना र निरंकुशताको अन्त्यका लागि निष्ठापूर्ण आन्दोलनकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताउँदै राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीले लगभग सातबर्षकै उमेरदेखि राजनीतिक चेत भएकी हर्षकुमारीले गरेको संघर्षको कथा, पद र प्रतिष्ठाको मोह नराखी गरेको संघर्ष आजका पुस्ताका लागि प्रेरणा र ऊर्जाको स्रोत हुने बताउँदै उहाँको सम्मानले समस्त प्रजातन्त्रवादीहरुको सम्मान हुने धारणा राख्नुभयो ।
संस्थाका सल्लाहकार राधा कार्कीले महिला अधिकार स्थापनामा हर्षकुमारी थपलियाको योगदान अविष्मरणीय भएको उल्लेख गर्नुभयो । झापा अध्यक्ष शिखा खड्का गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिमा अधिकारीले स्वागत एवं कविता थापाले सञ्चालन गर्नुभएको थियो । यमु शर्मा सुब्बा र चन्द्रा काफ्लेले नेतृत्व गरेको बुहारी आवाजमा हजारौं बुहारीहरु आबद्ध छन् ।
को हुन हर्षकुमारी :– बुवा रणबहादुर डाँगी र आमा इन्द्रछाँयाका कोखबाट वि.सं. १९९३ सालमा तेह्रथुम जिल्ला आठराईको ह्वाकुमा जन्मनुभएकी हर्षकुमारी लगभग ७ बर्षकै उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो ।
राणाविरोधी आन्दोलनका क्रममा प्रजातन्त्रबादी योद्धा लिलाबहादुर थपलियासँग वैवाहिक बन्धनमा बाँधिएपछि पनि निरन्तर संघर्षरत हर्षकुमारी जीवनभर कुनै पद र प्रतिष्ठामा पुग्नुभएन ।  
प्रजातान्त्रिक आन्दोलनप्रतिको अटुट निष्ठा र त्यागका कारण जेल, नेल, निर्वासन र सर्वस्वहरणसम्मको यातना भोगेर पनि प्रजातान्त्रिक समाजवादप्रति उहाँले देखाउनुभएको समर्पण र त्यागका कारण प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धाको रुपमा उहाँ परिचित हुनुहुन्छ ।
सातबर्षकै उमेरदेखि डोकामा माइक बोकेर तेह्रथुम, धनकुटा, ताप्लेजुङ लगायतका जिल्लामा प्रजातान्त्रिक शासन ब्यवस्थाको सूचना प्रवाह गर्दै प्रजातन्त्रप्रेमीहरुलाई संगठित गर्ने उहाँ अहिले अशक्त अवस्थामा हुनुहुन्छ । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाप्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img