HomeFeatured 2पत्रकार निरौलाले गरे ‘रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

पत्रकार निरौलाले गरे ‘रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

कनकाई १९ फागुन । झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् । विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर निरौला कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक–प्रकाशक साथै कनकाई खबर डटकम न्युज पोर्टलका संचालक हुन् । सबै खाले सञ्चारमाध्यम तथा राष्ट्रिय समाचार समिति (रासस) का सम्वाददाता समेत रहेका निरौला कनकाई प्रेस क्लवका अध्यक्ष समेत हुन् ।
रोटरी क्लव अफ सुरुङ्गाको स्थापनाकालदेखि नै कार्यसमितिमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पत्रकार निरौला हाल रोटरी क्लव सुरुङ्गाको संचार संयोजकको जिम्मेवारीमा छन् । रोटरी क्लवको विशेष कार्यक्रमका अवसरमा वार्षिक रुपमा वितरण गरिने पुरस्कारको राशि हाललाई नगद १५ हजार सहित सम्मान पत्र रहने बताइएको छ ।
झापा जिल्लामा रहेर रोटरीसहितका सामाजिक गतिविधिमा कलम चलाउने एकजना पत्रकारलाई वार्षिक रुपमा सोही राशिको पुरस्कार वितरण गरिने जनाइएको छ । रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठको अध्यक्षतामा यस अघि नै बसेको क्लवको बैठकले रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको बताइएको छ । सोही निर्णय अनुसार पत्रकार निरौलाले आफ्नो तर्फबाट यस अघि नै भएको जन्म दिनको अवसर पारेर पुरस्कार सौजन्य गर्ने घोषणा गरेका हुन् ।

पुरस्कृत हुने पत्रकार छनौटकालागि नेपाल पत्रकार महासंघ झापाको तर्फबाट एकजना प्रतिनिधिसहित क्लवको एकजना जिम्मेवार पदाधिकारी साथै दाता परिवारको जिम्मेवार सदस्य गरी तीन सदस्यीय पुरस्कार छनौट समितिले निर्णय गरेअनुसार सम्मान गरिने रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकार निरौलाले गरे ‘रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img