Homeखेलपाँचौं संस्करणको झापा गोल्डकपको तयारी पूरा

पाँचौं संस्करणको झापा गोल्डकपको तयारी पूरा

बिर्तामोड १९ फागुन । पाँचौं संस्करणको झापा गोल्डकप शुरु हुन अब दुईदिन मात्र बाँकी छ । मोफसलकै आकर्षक र प्रतिष्ठित खेलका रुपमा रहेको झापा गोल्डकप शुरु हुन २ दिन बाँकी रहँदा गोल्डकप सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको भएको आयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ ।
प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजक समितिले खेलमैदान परिषरमै पत्रकार सम्मलेन गरी तयारीबारे जानकारी दिएको हो । फागुन २१ गतेदेखि शुरु भएको प्रतियोगिता फागुन ३० गते समापन हुनेछ ।
कोरोना महामारीका कारण दुईवर्षदेखि रोकिएको प्रतियोगिता भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्बल, झापा–११ फुटबल क्बल, एपिएफ फुटबल क्बल, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ ।


झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नौ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौं संस्करणको यो गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्नेछ ।
प्रतियोगिताका लागि १२ हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरेको छ । प्रतियोगिता सम्पन्न गर्ने एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । पाँचौं संस्करणको गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने अध्यक्ष बस्नेतले बताउनु भयो ।
अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत बलराम कार्की र सञ्चालन गजेन्द्र पौडेलले गर्नुभएको थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य संघ अन्तरगत सार्कका उपाध्यक्ष समेत रहेका चण्डीराज ढकालले झापा गोल्डकपले स्थानीय खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने धारणा राख्दै निजी क्षेत्रको पनि सहभागिता रहने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलपाँचौं संस्करणको झापा गोल्डकपको तयारी पूरा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img