HomeFeatured 2शिव पाञ्चायन मन्दिरको साधारण सभामा दाता सम्मान

शिव पाञ्चायन मन्दिरको साधारण सभामा दाता सम्मान

कनकाई १९ फागुन । कनकाई ३ नमुना टोलस्थित शिव पाञ्चायन सामुदायिक भवनको पाँचौ साधारण सभा सम्पन्न भएको छ । महाशिवरात्रीको अवसर पारेर सम्पन्न साधारण सभामा संस्थालाई जग्गा दान गर्ने उत्कृष्ट दाताहरु चन्द्रविर कार्की, नारायण पोखरेल, रुद्र चिमरीया लगायत विभिन्न २८जना दाताहरुलाई प्रशंसा पत्रसहितको सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी महाराज किशोरानन्द भारद्वाजले प्रशंसा पत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद भेट्वालले संस्थाको भावी योजनासहितको प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै ७ लाख ६२ हजार ५ सय रुपैया समेटिएको आम्दानी तथा ६ लाख १६ हजार बराबरको खर्च समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष भेट्वालको सभापतित्व एवम् महाराज किशोरानन्द भारद्वाजको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मन्दिरका दाता समाजसेवी देउमान थेवे, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शिव पाञ्चायन सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा कलाकार माधव भेट्वाल लगायतले विविध साँस्कृतिक प्रस्तुतीसहितको औपचारिक कार्यक्रममा निता राईले स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन रेणु कडेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शिव पाञ्चायन मन्दिरको साधारण सभामा दाता सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img