HomeFeatured 2बिएण्डसीका सञ्चालक प्रसाईलाई सचेत गराउँदै महासंघ

बिएण्डसीका सञ्चालक प्रसाईलाई सचेत गराउँदै महासंघ

झापा २२ माघ । अस्पतालको बारेमा प्रकाशित समाचारको विषयमा झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले दिएको धम्कीप्रति पत्रकारहरुको छाता संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
अस्पतालकाबारेमा अएको समचारको खण्डन गर्ने क्रममा सञ्चालक प्रसाईले गत माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरुलाई सार्वजनिक रुपमै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्र र १ नं. प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेका हुन् . https://fb.watch/a_4JK4iXN2/
यसअघि शुक्रबार सोही विषयमा अस्पतालका सञ्चालक प्रसाईलाई सचेत गराउँदै नेपाल पत्रकार महासंघ झापा शाखाले पनि विज्ञप्ति जारी गरेको थियो ।
कुनै पनि सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति चित्त नबुझेमा कानूनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै त्यसलाई वेवास्ता गर्दै पत्रकारलाई सार्वजनिक रुपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको महासंघले जनाएको छ ।
सार्वजनिक रुपमा धम्की दिएर पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्क दिनेलाई कानूनी कारवाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन समेत महासंघले माग गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिएण्डसीका सञ्चालक प्रसाईलाई सचेत गराउँदै महासंघ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img