बुद्धशान्ति २२ माघ । नेपाल एमाले (समाजवादी) को बुद्धशान्ति गाउँ कमिटी गठन भएको छ । दुर्गा आचार्यको अध्यक्षता र नेकपा समाजवादीका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य जीवनकुमारी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाबीच प्रदीप धिमालको अध्यक्षतामा गाउँ कमिटी गठन गरिएको हो ।
कमिटीको कमिटीको उपाध्यक्षमा दिनानाथ पौडेल, मेघराज आचार्य, ज्ञानेन्द्र कार्की, सचिबमा बिभिषण वाग्ले, सह सचिबमा कृष्ण आचार्य, हेमराज सुवेदी लगायत रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, केन्द्रीय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलामका पार्टी नेता बृहस्पति खतिवडा, भोला उप्रेती, झापा जिल्ला कमिटी सदस्य बि.पी. भट्टराई, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, हेमन्त नेपाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बिभिषण वाग्लेले संचालन गरेको कार्यक्रमको भेलाले धिमालको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो ।
नेकपा (समाजवादी) को बुद्धशान्ति गाउँ कमिटी गठन

































































































