Homeसमाचारनक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र बिचौलिया प्रहरी नियन्त्रणमा

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र बिचौलिया प्रहरी नियन्त्रणमा

झापा १९ माघ । बैदेशिक रोजगारीमा जानेहरुलाई अत्याधिक शुल्क लिएर स्वाब समेत नलिई नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउने कार्यमा संलग्न दुई अस्पतालका चार जनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ ।
सरकारले तोकेको भन्दा बढी शुल्क लिइ स्वाबको नमूना समेत नलिई नक्कली पिसिआर रिपोर्ट बनाइदिने गरेको भन्ने विशेष सूचनाका आधारमा निगरानी शुरु गरेको महाशाखाले भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल र काठमाडौ तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका चारजनालाई नियन्त्रणमा लिएको छ भने दुईजना फरार रहेको महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार माघ १८ गते विहान एयरपोर्ट अगाडिबाट नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलका कर्मचारी रोसनकुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर रिपोर्टसहित नियन्त्रणमा लिएको प्रहरीले लगत्तै सोही हस्पिटलका ल्याब म्यानेजर प्रशन्नकुमार झालाई नियन्त्रणमा लिएको जनाइएको छ ।


त्यसैगरी १७ थान नक्कली पिसिआर रिपोर्टसहित कान्तिपुर अस्पतालको अगाडिबाट फेला परेका कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्रकुमार यादव र ल्याब कर्मचारी माधव मैनालीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यि दुई अस्पतालमा नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न नागरिक कम्युनिटी अस्पतालका पिसिआर ल्याव सञ्चालक भावेश मिश्र र कान्तिपुर अस्पतालका ल्याव सञ्चालक निर्मल गिरी फरार रहेको जनाएको छ ।
नक्कली पिसिआर रिपोर्टसहित अस्पतालका कर्मचारी पक्राउसंगै प्रहरीले पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग हुँदै आएको कम्प्युटर मोनिटर १थान, ल्यापटप १ थान, सिपियु ३ थान तथा पिसिआर दर्ता रजिष्टर, नक्कली पिसिआर रिपोट, रसिद प्याड र ५ थान मोवायल समेत बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार अस्पतालहरुले केही बिचौलियाहरुलाई आफ्नै कमरीचारी भनेर परिचय पत्र दिएर सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको तथा बिचौलियाहरुले आफ्नै स्वाब संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्यावले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको खुलासा भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
बिचौलियासंगको मिलेमतोमा ल्याबका कर्मचारी एवं अस्पताल व्यबस्थापनपक्षले बिदेश जानेको पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने गरेको खुलेको हो । उक्त पिसिआर रिपोर्ट बापत १० हजारसम्म शुल्क लिने गरेको प्रहरीले जनाएको छ । रिपोर्टको क्युआर कोड पनि स्क्यान गरी हेर्ने मिल्ने सक्कली जस्तै रिपोर्ट दिने गरेका पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र बिचौलिया प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img