भद्रपुर १९ माघ । झापाको भद्रपुर ९ का कृषकहरुलाई प्रदेश सरकारद्वारा प्रदान गरिएको २० थान मोटर सहितको ट्युवेल जडान पाइप प्रदान गरिएको छ ।
भद्रपुर ९ को वडा कार्यालय चन्द्रगढीमा बुधवार आयोजित संक्षिप्त कार्यक्रममा भद्रपुर ९ का वडा सदस्य नुतन पौडेलको पहलमा भुमिगत जलश्रोत विकास समिति विराटनगर मार्फत उपलब्ध स्यालो ट्युवेल पाईपलाई नेकपा एमाले झापा जिल्ला कमिटी उप सचिव असारु राजबंशी, सदस्य पौडेल वडा अध्यक्ष शनीलाल राजबंशी लगायतले कृषकहरुलाई प्रदान गर्नु भएको हो ।
यहि माघ १८ गते मात्र प्रदेश सरकारले समृद्ध मधेश सिंचाई बिषेश कार्यक्रम अन्र्तगत उपभोक्ता समुह मार्फत प्रदान गरिएको उक्त ट्युवेल पाईपबाट ४ बिघाको एक चक्ला बराबर १ सय विघा भन्दा माथिको जमिन सिंिचत गर्न मिल्नेछ । ट्युवेल जडान पश्चात सो वडाका २ सय बढी कृषकहरु लाभान्वित हुने छन् ।
ट्युवेल हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला कमिटी उप सचिव राजबंशीले ट्युवेल जडानबाट वडा नं ९ का जनता प्रत्यक्ष लाभान्वित हुने भन्दै कृषकहरुको आर्थिक बृद्धिसंगै देशको आय आर्जन समेत बढ्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा सदस्य पौडडेलले वडाका कृषकहरु लगायतका जनसरोकारका बिषयमा आफुले उल्लेखनीय कार्यहरु गर्ने गरेको बताउदै कृषकको जमिनलाई सिंचाई पुर्याउने उद्देश्यले आफ्नै पहलमा प्रदेश सरकारले उपलब्ध गराएको ट्युवेल पाईपबाट जनतालाइृ प्रत्यक्ष लाभ पुग्ने भन्दै कृषकहरुलाई जडान गरिएको ट्य्वेललाई सहि रुपमा प्रयोग गर्न आग्रह गर्नु भयो ।
वडा अध्यक्ष शनीलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोक्ता समुह अध्यक्ष हरी दाहाल लगायतका कृषकहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेका थियो । समुह मार्फत वडा भित्रका २० जना कृषकहरुलाई उत्त ट्युवेल प्रदान गरिएको थियो ।
भद्रपुर ९ का २० कृषकलाई मोटरसहितको ट्युवेल पाइप

































































































