Homeसमाचारसमाचार‘कानून मिच्दै सरकार’–सिटौला

‘कानून मिच्दै सरकार’–सिटौला

विर्तामोड २१ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुईतिहाई बहुमतसहितको कम्युनिष्ट नेतृत्वको सरकार सम्पूर्ण ऐन, नियम, विधि र कानून मिच्न उद्यत रहेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसमा आबद्ध नेपाल चिया बगान श्रमीक संघको प्रथम जिल्ला परिषद भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै पूर्व गृहमन्त्रीसमेत रहनुभएका सिटौलाले मौलिक हकमा ब्यवस्था भएको जनअधिकार कार्यान्वयन गर्न सरकार असफल भएको बताउनुभयो ।
बहुमतको दम्भमा सरकार अन्धो भएको टिप्पणी गर्दै नेता सिटौलाले सरकारको एकदलीय तानाशाही सोच बदल्न मजदुरहरुले पुनः एकीकृत भएर आन्दोलन गर्नुको विकल्प नभएको धारणा राख्नुभयो । ‘विगतमा पनि मजदुरहरुको एकता र आन्दोलनकै कारण लोकतान्त्रिक शासन ब्यवस्था आएको थियो, लोकतन्त्र प्राप्तिपछि बनेको संविधानले मजदुरहरुका अधिकार सुनिश्चित गरेको छ’ नेता सिटौलाले भन्नुभयो–‘तर सरकार कानूनले सुनिश्चित गरेका मजदुरका हक अधिकार कार्यान्वयन गरिरहेको छैन, अब अधिकार प्राप्तिका लागि ट्रेड युनियनले विशेष पहल थाल्नैपर्छ , आन्दोलनको विकल्प छैन ।’
‘संविधानले मजदुरको शिक्षा, स्वास्थ्य, आवास, रोजगार, भोजन लगायतका आधारभूत आवश्यकता पूरा गर्ने सुनिश्चितता गरेको छ ’–नेता सिटौलाले भन्नुभयो–‘संविधानमा सुनिश्चित अधिकार प्राप्तिका लागि अब ट्रेड युनियनले विशेष पहल थाल्नुपर्छ।’ संविधान जनताका लागि नभएर सत्तामा बस्नेहरुका लागि मात्रै भइरहेको टिप्पणी गर्दै उहाँले प्रश्न गर्नुभयो–‘आफूलाई सर्वहारावर्ग र मजदुरका नेता हौं भन्ने प्रधानमन्त्री÷मन्त्रीहरु ४४ दिनसम्म चिया मजदुरले आन्दोलन गर्दैगर्दा कहाँ थिए ? कुनै मन्त्रीले मजदुरका हकहितमा केही बोले ?’
उहाँले चिया बगानका प्रत्येक एकाईमा श्रमीक संस्था गठन गरेर स्थानीय, प्रदेश र केन्द्रीय सरकारका गतिविधिबारे छलफल र चेतना अभिबृद्धि गर्ने कार्यक्रम अघि बढाउन समेत मजदुर नेताहरुलाई आग्रह गर्नुभयो ।

पत्रकार राजवंशीलाई सम्मान गर्दै प्रमुख अतिथि ।


कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, ट्रेड युनियन कांग्रेसका नेताहरु नारायणबाबु कार्की, महेन्द्रप्रसाद यादव, उर्मिला पोखरेल, देउकुमार थेवे, यज्ञप्रताप अधिकारी लगायतले शुभकामना मन्तब्य राख्दै मजदुरको सूचीकरण र श्रम ऐनमा तोकिएको ज्याला कार्यान्वयन नभए आन्दोलनमा जानुको विकल्प नभएको धारणा राखेका थिए ।
कार्यक्रममा चिया क्षेत्रका समस्या सञ्चारमार्फत उठाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कान्तिपुर दैनिकका झापा संवाददाता अर्जुन राजवंशीलाई सम्मान गरिएको थियो। सम्मानित राजवंशीलाई प्रमुख अतिथि सिटौलाले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मणि भुजेल र सञ्चालन मिलन राईले गर्नुभएको थियो ।
परिषद भेलामा संघका महासचिव जीवन खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै श्रम ऐन अनुसार न्युनतम ज्याला कार्यान्वयन नभएका चिया बगानहरुमा ज्याला कार्यान्वयन गर्न, महंगी, भ्रष्टाचार, कालोबजारी रोकेर रोजगारीको सिर्जना गर्न तथा श्रमीकलाई पान नं लिनैपर्ने बाध्यकारी नियम कार्यान्वयन नगर्न सरकारसँग माग गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचार‘कानून मिच्दै सरकार’–सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img