Homeसमाचारभद्रपुरमा एवीसीको परामर्श केन्द्र

भद्रपुरमा एवीसीको परामर्श केन्द्र

भद्रपुर । मानव बेचविखन विरुद्ध काम गर्दै आएको एवीसी नेपालले झापाको भद्रपुरमा सूचना तथा परामर्श केन्द्र स्थापना गरेको छ ।
एवीसी नेपाल झापा शाखाको अगुवाईमा स्थापित केन्द्रको १३ औं अन्तराष्ट्रिय मानव बेचविखन दिवसको अवसर पारेर शुक्रबार भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।
नेपाल–भारत नाका मेचीपुलबाट मानव बेचविखन विरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्डसहितको र्यालीका बीच भद्रपुर भन्सार कार्यालय अगाडि स्थापित परामर्श केन्द्रको उद्घाटन गरिएको हो ।
एवीसी नेपाल झापा शाखाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न केन्द्र उद्घाटन कार्यक्रमको सञ्चालन एवीसीकी झापा सचिव देविका बस्नेतले गर्नुभएको थियो ।
केन्द्र उद्घाटनपछि नारासहित नगरपालिका आइपुगेको र्यालीलाई नगरप्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रहरी निरीक्षक यामबहादुर श्रेष्ठ, मानव बेचविखनका विरुद्ध काम गर्दै आएको साना हातहरुका जगत वाग्ले, एवीसी झापा अध्यक्ष सिटौला लगायतले मन्तव्य राख्दै मानव बेचविखन सबैको सरोकारको विषय भएको भन्दै एक भएर जुट्नु पर्नेमा जोड दिएका थिए ।
जीवनकला राउतले सञ्चालन गरेको कार्यक्रमको समापन मित्रा भट्टराईले गरेकी थिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरमा एवीसीको परामर्श केन्द्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img