HomeFeatured 2सचिवमा निर्वाचित हुमागाँईद्वारा पत्रकारिताको जिम्मेवारी त्याग अब सञ्चार उद्यमी

सचिवमा निर्वाचित हुमागाँईद्वारा पत्रकारिताको जिम्मेवारी त्याग अब सञ्चार उद्यमी

विर्तामोड ४ पुस । नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति एवं पत्रकार कृष्ण हुमागाईले अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा मात्रै रहने घोषणा गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ झापामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष हुमागाईले नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्यबाट राजीनामा दिदै यस्तो घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअघि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका हुमागाई जिल्ला अधिबेशनबाट सचिवमा निर्वाचित भएपछि सक्रिय पत्रकारिता छाड्ने घोषणा गर्नुभएको हो ।
सञ्चार उद्यमीको रुपमा रहेर आफूद्वारा सम्पादित/प्रकाशित जय लोकतन्त्र साप्ताहिक पत्रिकालाई भने कर्मचारीमार्फत प्रकाशनमा निरन्तरता दिइने उहाँले बताउनुभयो । २० बर्षको उमेरदेखि २०४५ सालबाट पत्रकारिता पेशामा आबद्ध हुनुभएका हुमागाईले ५३ बर्ष पूरा गरुन्जेल लगभग ३४ बर्ष पत्रकारितामा विताउनुभएको छ ।
यसअवधिमा नेपाल पत्रकार महासंघ झापाको सचिव, उपसभापति, सभापति हुनुभएका उहाँले २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिकाकै कारण पत्रकारिता र राजनीतिक वृत्तमा चर्चामा आउनुभएको थियो । २०६२/०६३ को जनआन्दोलनमा सक्रियता देखाएकै कारण उहाँ पटक–पटक पक्राऊ पर्नुका साथै निर्वासित जीवन विताउनुपरेको थियो भने भारतीय प्रहरीले पक्राऊ गरी जलपाइगुरीस्थित भक्तिनगर थानामा केहीदिन हिरासतमा राखेको थियो । नेपाल पत्रकार महासंघको अध्यक्ष रहँदा भद्रपुरस्थित महासंघको भवन निर्माण र विर्तामोडमा जग्गा जोड्ने कार्यमा महत्वपूर्ण भूमिका हुमागाईको रहेको थियो । सक्रिय राजनीतिमा रहेर पनि महासंघको संस्थागत विकास एवं प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो सदैव सहयोग रहने हुमागाईले बताउनुभयो ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवादको पक्षमा २०४५ सालबाट मिसन पत्रकारिता थाल्नुभएका हुमागाई नेपाल प्रेस युनियन झापाको पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ । निम्न मध्यम बर्गीय परिवारमा जन्मनुभएका उहाँले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भन्नुभएको छ–‘राजनीति कुनै पनि देशको मुल नीति हो । राजनीछि ठीक ढंगले चल्यो भने देशमा स्थिरता, शान्ति र पद्धतिको विकास हुन्छन र जनताले सुख पाउँछन् । राजनीतिलाई किनारामा बसेर विग्रियो भनेर गाली गरेर मात्र नहुने ठानेर म सक्रिय राजनीतिमा होमिएको हुँ । राजनीतिमा सबै खराब मात्र छन् भन्ने, अनि राम्रा भनिएका मान्छेहरु राजनीतिमा प्रवेश नगर्ने हो भने कसरी राजनीति सप्रिन्छ होला र ।’
नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले नेपालका कम्युनिष्ट तथा लोकतन्त्रवादी भनिएका दलहरुमा हुने खाने र भ्रष्टाचारी, एवं नैतिकताहिन ब्यक्तिहरुको बोलावाला रहेको बताउँदै राजनीतिमा नैतिकवान, सिद्धान्तनिष्ठ र निष्ठावान मानिसहरु पाखा लाग्दै जाने अवस्था आउनु दुःखद भएको चर्चा गर्नुभयो ।
आफू राजनीतिबाटै पत्रकारितामा प्रवेश गरेको इतिहास बताउँदै भण्डारीले राजनीतिमा विश्वास, कुर्वानी, सिद्धान्त र निष्ठा सकिएपछि आफूले त्यो क्षेत्र छाडेको समेत सुनाउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव लोकराज ढकाल, पूर्व सभापति मोहन काजी लगायतले बोल्नुभएको कार्यक्रममा राजनीतिमा निष्ठा, समर्पण, नीति र सिद्धान्त क्रमश ह्रास आइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य गोपाल काफ्ले, प्रेस चौतारीका केन्द्रीय सदस्य मुक्ति पौडेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, प्रदेश सदस्य सुरेन्द्र भण्डारी उपाध्यक्ष केशव भट्टराई, फोटो पत्रकार संघका अध्यक्ष विनोद पाण्डे लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सचिवमा निर्वाचित हुमागाँईद्वारा पत्रकारिताको जिम्मेवारी त्याग अब सञ्चार उद्यमी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img