Homeसमाचारझापामा पुष ५ (भोलि) देखि भलिवलको महाकुम्भ

झापामा पुष ५ (भोलि) देखि भलिवलको महाकुम्भ

शरणामती ४ पुस । झापाको झापा गाउँपालिकामा प्रदेश १ अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ। पुष ५ गते देखि संचालन हुने प्रदेश नं १ अन्तरपालिका स्तरीय खेलमा जिल्लाबाट १० टिम र जिल्ला बाहिरबाट ६ टिमले भाग लिने शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा विजेताले १ लाख ५१ हजार र उप-विजेताले १ लाख नगद पुरस्कार पाउने भएका छन् । दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको नाममा संचालन हुने सो प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने टोलीले समेत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। सेमिफाइनलबाट बाहिरिने टोलीले १५ हजार हात पार्ने छन्।
त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले समेत राम्रै नगद हात पार्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार हात पार्दा उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक समितिका सचिव मोहन मिश्रले जानकारी दिए।
प्रतियोगिताको आयोजक झापा गाउँपालिका रहेको छ भने मुख्य प्रायोजक ट्राइगर ब्रुअरी रहेको छ। त्यस्तै सहप्रायोजकहरु एन.आइसी बैंक, एनी ग्रुप तथा कनकाई गार्मेन्ट दुधे र शरणामती केवल नेटवर्क रहेका छन् ।
प्रतियोगितामा यो साल आगामी प्रतियोगिताका लागि अक्षयकोष समेत स्थापना गर्ने समितिका अध्यक्ष तेजप्रसाद भट्टराईले बताए। खेलप्रेमीको ठाउँ भएकाले प्रत्येक वर्ष हुने यस्ता प्रतियोगितामा अक्षय कोषको आवश्यकता देखेर हामीले यो पल्ट अक्षयकोषको स्थापना गर्ने भएका छौ उनले भने।
झापा गाउँपालिकाले विभिन्न प्रदेश तथा जिल्ला स्तरमा प्रथम र दित्तिय स्थान ओगटेको भन्दै यहाँ हुने प्रतियोगिताले विशेष अर्थ राख्ने सल्लाहकार गजेन्द्र ताम्लीले बताए । उनले यहाँका बासीहरुको खेलप्रतिको रुची अथाह भएकाले झापा गाउँपालिकामा भलिवलको कुम्भमेला हुने दावी गरे।
भलिवल प्रतियोगितामा व्यवस्थापन समेत भव्य गरिएको छ। कनकाई ३ स्थित झापा रोड पस्ने ठाउँ तथा प्रवेशद्वारमा विभिन्न ठाउँमा स्वागत गेट राखिएको छ। भलिवल प्रतियोगिता हुने झापा ६ को जनता माविको खेल मैदान सजिसजाउ पारिएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा पुष ५ (भोलि) देखि भलिवलको महाकुम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img