Homeसमाचारस्वरोजगारको मेचीनगर र बाहुण्डाँगीको केन्द्रगत सभा सम्पन्न

स्वरोजगारको मेचीनगर र बाहुण्डाँगीको केन्द्रगत सभा सम्पन्न

काँकरभिट्टा २२ मंसीर । विर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोेजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले काँकरभिट्टा र बाहुण्डाँगी सेवा केन्द्रमा केन्द्रगत साधारणसभा सम्पन्न गरेको छ ।
टोलबहादुर सुनारको अध्यक्षता तथा मेचीनगर नगरपालिका वडा नं.–६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न केन्द्रगत साधारणसभामा विशिष्ट अतिथि डिल्लीराम घिमिरे रहनु भएको थियो ।


संस्थाका अध्यक्ष केशब बस्नेतले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव मनोज भट्टराईले गर्नुभएको विभागीय प्रमुख रुपन चाम्लिङ्ले जानकारी दिनुभयो ।
त्यसैगरी बाहुण्डाँगी सेवा केन्द्रमा भिमलाल काफ्लेको अध्यक्षता तथा मेचीनगर ४ का वडाध्यक्ष नबिन बरालको प्रमु आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि बराल, बिशिष्ट अतिथि राजन चिमरिया, साना किसान मेचीनगरका पोषककुमार दर्जी, सुरेश घिमिरे स्थानीय सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
संस्थाको संस्थागत गतिविधि तथा वित्तिय कारोबार समेटिएको बार्षिक प्रतिवेदन अध्यक्ष केशव बस्नेतले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन सचिव भट्टराईले गर्नुभएको बताइएको छ ।
केन्द्रगत साधारणसभाले संस्थाको १४ औं बार्षिक साधारणसभाको अन्तिम सभामा सहभागीताका लागि प्रतिनिधि समेत छनौट गरेको विभागीय प्रमुख राईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्वरोजगारको मेचीनगर र बाहुण्डाँगीको केन्द्रगत सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img