Homeसमाचारबैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

बिराटनगर २२ मंसिर । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त केमन खड्की पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका ३ का २८ बर्षिय उनकै गाउँबाट पक्राउ गरेको जनाइएको छ । बैंकिङ कसुर मुद्दामा २०७८ बैशाख १६ गते सुनसरी जिल्ला अदालतले १ बर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो । खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटी समुह बिराटनगरबाट खटिएको प्रहरी टोलीले गाँउघरमै लुकिछिपी बसेको अबस्थामा बुधबार (आज) दिउँसो पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका खड्कीलाई जिल्ला अदालत सुनसरीमा हाजिर गराइ आजै कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img