HomeFeatured 2एमालेको महाधिवेशन शुरु

एमालेको महाधिवेशन शुरु

चितवन । नारायणी नदीकिनारमा बनाइएको भब्य मञ्चमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन शुरु भएको छ । महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विदेशस्थित पाहुनासहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सर्वहारा बर्गको पार्टी भनिएपनि एमालेले मञ्च ब्यवस्थापनमा मात्रै ५० लाख रुपैया खर्च गरेको प्रसङ्ग अहिले चर्चामा छ । राष्ट्रिय महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा सम्पन्न गरी सौराहामा बन्दशत्र सञ्चालन गर्ने एमालेको तयारी छ । दिउसो ४ बजेसम्ममा उद्घाटन समारोह सक्ने कार्यतालिका रहेको बताइन्छ । वार्ड र गाउँ÷नगर अधिवेशन सकेर महाधिवेशन प्रतिनिधि चयन गरी प्रदेश क्षेत्र, क्षेत्र र जिल्ला निर्वाचन थाँती राख्दै एमाले राष्ट्रिय महाधिवेशनमा गएको हो ।
महाधिवेशनमा निर्विरोध नेतृत्व चयन गर्ने र के.पी. ओली नै पुनः नेतृत्वमा आउने दावी गरिरहँदा असन्तुष्ट पक्षका नेता भीम रावलले पनि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । उनीसँगै असन्तुष्ट मानिने १० भाईमध्येका घनश्याम भुसालले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने जनाएका छन् । योगेश भट्टराईले सचिवमा दोहो¥याउने बताइरहेका छन् । यी तिनै नेताहरु ओलीले प्रधानमन्त्री रहँदा संसद विघटनका लागि गरेको निर्णयको विपक्षमा उभिएका थिए भने अष्टलक्ष्मी शाक्यसहितका १० जना नेताहरु माधव नेपालबाट छुट्टिएर पार्टी फुट्न नदिने भन्दै पार्टी विभाजनका क्रममा ओलीकै पक्षमा उभिएका थिए । एमालेबाट फुटेर नेकपा समाजवादी गठन गरेका माधवकुमार नेपाललाई भने महाधिवेशनमा निमन्त्रणा नै गरिएन ।
ओली पक्षका नेताहरुबीच पनि नेतृत्वका लागि चरम इच्छा हुँदासमेत पनि उम्मेद्वारी दिने विषयमा बोल्न सकेका छैनन् ।
यसैबीच ओलीले उद्घाटन समारोह शुरु हुनुअघि भीम रावलसँग भेटघाट गरेका छन् । ओली र रावलबीचको भेटमा ईश्वर पोखरेल, घनश्याम भुषाल र अष्टलक्ष्मी शाक्य रहेका थिए । नेतृत्व चयनका विषयमा उनीहरुबीच छलफल भएपनि कुनै सहमति नभएको बताइएको छ । यसअघि रावलले अध्यक्ष घोषणा गरेपश्चात ओलीसँग भेट्न खोजेपनि ओली नचाहेका कारण भेट नभएको बताइन्छ । एमालेमा ओलीलाई निर्विकल्प अध्यक्षका रुपमा लिइएपनि रावलले उम्मेद्वारी घोषणा गरेसँगै निर्विरोध नेतृत्व चयनको संभावना टरेको अनुमान गरिएको छ ।
रावल, भुषाल र शाक्यहरु पदाधिकारीमा सम्मानजनक व्यवस्थापनको पर्खाइमा रहेको बताइन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2एमालेको महाधिवेशन शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img