Homeसमाचारकांग्रेसको नेतृत्व चयनका लागि निर्वाचन जारी

कांग्रेसको नेतृत्व चयनका लागि निर्वाचन जारी

बिर्तामोड १० मंसीर । नेपाली कांग्रेस झापाको नेतृत्व चयनका लागि मतदान जारी छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत वडा, गाउ÷नगर, प्रदेश क्षेत्र, क्षेत्रीय निर्वाचन सम्पन्न भइसकेका छन् भने आज जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन जारी छ । समान राजनीतिक हैसियत बनाएका दुई नेताहरु देउकुमार थेवे र रामबहादुर कट्टेल आ–आफ्नो प्यानलसहित चुनावी प्रतिष्पर्धामा छन् ।
समावेशी भनिएको थेवेको प्यानलबाट उपसभापतिद्वयमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाँई र नविन विमली छन् भने सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारीले उम्मेद्वारी दिएका छन् ।
यस्तै कट्टेल नेतृत्वको प्यानलबाट उपसभापतिमा जनआन्दोलन २०६२÷०६३ मा शहीद राजन गिरीका पिता केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे, सचिबद्वयमा बिश्वदीप लिङदेन र टोम राजबंशी रहेका छन् भने सहसचिबद्वयमा उमाराम प्रसाई र पदम लिम्बु प्रतिष्पर्धामा रहेका छन् ।
दुवै प्यानल आ–आफ्नो पक्षमा मतदाताको मत तान्न प्रचार–प्रसार सामग्री र संगीतमार्फत पनि प्रचारमा जुटेका छन् । विर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसमा जारी मतदानमा थेवे र कट्टेलका समर्थकहरु आ–आफ्नो पक्ष बलियो रहेको भन्दै अड्कलबाजी गरिरहेका छन् ।
वडा, गाउँ, नगर, प्रदेश र क्षेत्रसम्म गरी पाँच तहको निर्वाचन सम्पन्न भइसक्दाको परिणाम हेर्दा कृष्णप्रसाद सिटौलासहितका नेताहरुको समर्थनमा उम्मेद्वारी दिएका थेवेको प्यानल र विश्वप्रकाश शर्माको समर्थनमा उम्मेद्वार बनेका कट्टेलको प्यानलबीच लगचग चारसय मतको अन्तर देखिन्छ । यद्यपि जिल्लामा उक्त मत क्रस हुनसक्ने अनुमान कट्टेलपक्षका नेता–कार्यकर्ताको छ भने उक्त मत क्रस नहुने र थेवेको प्यानल नै विजयी हुने अनुमान थेवे पक्षीय नेताहरुको छ ।
जिल्लामा रहेका ३ हजार ३ सय ८९ क्षेत्रीय प्रतिनिधिले यस निर्वाचनमा मत दिदैछन् । त्यसका लागि पब्लिक क्याम्पस परिसरमा पाँचवटा क्षेत्र र १० वटा प्रदेश क्षेत्रको मतदानका लागि क्षेत्रस्तरमा विभाजन गरिएको छ ।
एकपटकमा ८० जनाले मत दिन सक्नेगरी मतदानस्थल तय गरिएको झापाका लागि जिल्ला निर्वाचन अधिकृत सुवोधबाबु चिलवालले जानकारी दिनुभयो ।
आजको मतदानबाट सभापति–१, उपसभापति–२, सचिव–२, सहसचिव–२ गरी ७ जना पदाधिकारी, स्थानीय तह अर्थात गाउँपालिकाबाट १ महिलासहित २ र नगरपालिकाबाट १ महिलासहित ३ जनाको कोटाबाट ३८ जना जिल्ला सदस्य चयन हुनेछन् । तीमध्ये १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने २४ जना निर्वाचनबाट छानिनेछन् ।
यसैगरी समावेशी कोटातर्फ ६ जना निर्विरोध भइसकेका छन् भने अब २० जना खसआर्य महिला÷खुल्ला, आदिबासी÷जनजाति महिला, मधेसी, दलित खुल्ला, थारु, मुस्लिम, अल्पसंख्यक÷अपाङ्ग कोटाबाट निर्वाचित हुनेछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको नेतृत्व चयनका लागि निर्वाचन जारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img