Homeसमाचारनेतृत्वका लागि थेवे र कट्टेलको प्यानल चुनावी मैदानमा

नेतृत्वका लागि थेवे र कट्टेलको प्यानल चुनावी मैदानमा

बिर्तामोड ९ मंसीर । कांग्रेस झापाको आगामी नेतृत्वका लागि देउकुमार थेवे नेतृत्वको समावेशी समूह र रामबहादुर कट्टेल नेतृत्वका परिवर्तन पक्षधर बीच प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवशेन अन्तरगत जिल्लाको नेतृत्वका लागि दुवै पक्षले आगामी नेतृत्वका लागि जिल्ला निर्वाचन समितिले निर्धारण गरेको समयमा मनोनयन दर्ता गरी कसैले पनि फिर्ता नलिएपछि थेवे र कट्टेल नेतृत्वको दुई पक्षबीचको चुनावी प्रतिष्पर्धा निश्चित भएको जिल्ला निर्वाचन समितिका संयोजक सुबोधबाबु चिलवालले जानकारी दिनुभयो ।
सभापतिसहित सातजना पदाधिकारीका लागि दुई प्यानलबाट १४ जनाको उम्मेद्वारी परेको बताइएको छ । समावेशी समूहबाट सभापतिमा देउकुमार थेवे, उपसभापतिद्वयमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाँई र नविन विमली छन् भने सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारीले उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी रामबहादुर कट्टेल नेतृत्वको प्यानलबाट सभापतिमा रामबहादुर कट्टेल, उपसभापतिमा जनआन्दोलन २०६२/०६३ मा शहीद राजन गिरीका पिता केदार शमशेर गिरी र प्रेम सम्बाम्फे, सचिबद्वयमा बिश्वदीप लिङदेन र टोम राजबंशी रहेका छन् भने सहसचिबद्वयमा उमाराम प्रसाई र पदम लिम्बु रहेका छन ।
उम्मेद्वारी दर्ताका क्रममा थेवेलाई वर्तमान सभापति उद्धव थापाको साथ थियो भने कट्टेललाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थित थिए ।
उम्मेद्वारी दर्तापछि दुवै पक्षले आ–आफ्नो जित सुनिश्चित भएको दावी गरे ।
सभापतिका दुवै उम्मेद्वारबीच स्वभावमा केही फरक भएपनि पार्टी राजनीतिमा बराबर योगदान रहेको भएपनि धेर÷थोर जति मतले भएपनि थेवे नेतृत्वमा आउने जानकारहरु बताउँछन् । आफ्नो नाम नबताउने शर्तमा एक नेताले भने –‘राजनीति धुमिल भएको छ, नेपालका कुनै पनि राजनैतिक दलहरु नीतिमा चल्नुको सट्टा नेतामुखी भएर चल्न थालेको छ उनले थपे ‘सोही कारण थेवे नेतृत्वमा आउने संभावना बढेको हो ।’
अर्का कांगे्रस नेताले सबै दलहरु नीतिमा चल्दा जिल्लाको नेतृत्व गर्न कट्टेल सक्षम भएपनि परिस्थिति नेतामुखी हुँदा समस्या भएको बताउँदै बताए । उनले–‘कट्टेलमा शालिनता, भद्रता, इमान्दारिता, पारदर्शिता र व्यवस्थापकीय क्षमता छ, यो मानेमा पार्टी नीतिमा चल्दा कट्टेल नेतृत्वका लागि ठिक छन् ।’ राजनीति फोहोरी हुँदै गएको टिप्पणी गर्दै ती नेताले थपे–‘अहिले एक कदम पछि सरेर कुटाई खान र दुई कदम अघि बढेर आफूले हान्न पनि सक्नेले मात्र इतर दलसंग टक्कर गर्न सक्छन्, त्यसका लागि पनि माहौल थेवेका पक्षमा अलि बढी देखिन्छ ।’
यद्यपी चुनाव हो प्रतिष्पर्धा हुन्छ, चुनावलाई कसैले पनि कम आँक्नु हुन्न, आन्तरिक प्रतिष्पर्धा गर्नु नराम्रो होइन मतदान स्थलबाट निस्किंदा सबै कांग्रेस एउटै हौं भन्ने भावना हुनुपर्छ– दुवै नेताको सामुहिक भनाई थियो ।
नयाँ नेतृत्वका लागि शुक्रबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । पदाधिकारी बाहेक जिल्ला सदस्य खुल्ला तथा समावेशी समूहसहितमा लगभग २१८ जनाको उम्मेद्वारी रहेको बुझिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेतृत्वका लागि थेवे र कट्टेलको प्यानल चुनावी मैदानमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img