Homeखेलछैटौं झापा गाेल्डकपकाे मुख्य प्रायाेजक र झापा गाेल्डकपबीच सम्झौता

छैटौं झापा गाेल्डकपकाे मुख्य प्रायाेजक र झापा गाेल्डकपबीच सम्झौता

बिर्तामोड ११ फागुन। झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजक यति ब्रुअरीको उत्पादन अर्नासंग सम्झौता भएको छ ।
झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको सभाहलमा शुक्रबार ९आज० पत्रकार सम्मेलनका बीच झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरित सम्झौता पत्र सोही पत्रकार भेलाबीच आदानप्रदान गरेका हुन् ।
कपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गरेको कार्यक्रममा यति ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपाध्यक्ष गौरव सुब्बालगायतको उपस्थिति रहेको थियो ।
झापा गोल्ड कप सबैको गौरव भएकाले सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताएका छन् । धन हुनेले धन र मन हुनेले मनबाट साथ र सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।
कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य तथा सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।
रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ । मैदानको स्तरोन्नति सकिएको छ ।
छैटौँ संस्करणको झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, तीन विभागीयसहित नेपालका ए डिभिजन क्लब र मोफसलका क्लबको सहभागिता रहनेछ ।
दिनमै खेलतालिका सार्वजनिक गरिने झापा गोल्डकपको सचिवालयले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलछैटौं झापा गाेल्डकपकाे मुख्य प्रायाेजक र झापा गाेल्डकपबीच सम्झौता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img