HomeFeatured 2कनकाई महाेत्सव

कनकाई महाेत्सव

बिर्तामोड १३ फागुन । बन्दमुक्त क्षेत्रकाे छुट्टै पहिचान बनाइकाे झापाकाे मध्यबिन्दु कनकाई नगरपालिका पहिलाेपटक कला महाेत्सव हुँदैछ । २०८० फागुन १४, १५ र १६ गते आयाेजना हुने त्रीदिवसीय कला महाेत्सवले क साहित्य र संस्कृतिका माध्यमबाट जातीय सद्भाव एवम् एकता प्रदर्शन गर्ने उद्देश्यसहित कला महाेत्सवकाे आयाेजना गर्न लागिएको बताइएकाे छ ।
साहित तथा कला क्षेत्रमा व्यङ्ग्यकार काेमलप्रसाद पेखरेल, कार्टुनिष्ट पवनकुमार राजवंशी, मूर्तिकार हिम्मतकुमार नेम्वाङ लगायतका सिद्वहस्त साहित्यकार, कलाकार जन्माएकाे कनकाईले लुकेर बसेका प्रतिभाकाे प्रस्फुटन गराउँदै वडादेखि संघीयस्तरका कला साहित्यकारलाई जाेड्ने लक्ष राखेकाे छ ।
राेटरी क्लब अफ सुरूङ्गाकाे आयाेजनामा स्थानीय पशुपति माविकाे प्राङ्गणमा हुने कला महाेत्सवकाे समुद्घाटन कला क्षेत्रका मुर्धन्य व्यक्तित्व सिद्वहस्त कलाकार नीर शाहले गर्नेछन् । त्यसका लागि शाह आइतबार नै झापा सकेेकाे महाेत्सव आयाेजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए ।
कनकाई नगर क्षेत्रभित्रका मुख्य जातजातिकाे जातीय पहिचान झल्कने भेषाभूषामा सजिएका सांस्कृतिक झाँकीसिहतकाे र्याली साहित्य गाेष्ठी, आधारभूत एवम् माध्यमिक तहका विद्यार्थी लक्षित कविता लेखन प्रशिक्षण, पुस्तकमेला, हास्यव्यङ्ग्यसहित सांस्कृतिक कार्यक्रम, जिल्लास्तरकाे साहित्य गाेष्ठी १२ बर्ष उमेर समुहका बालबालिकाको कबिता बाचन कार्यक्रम, राष्ट्रियस्तरको साहित्य गोष्ठी, लगायत महोत्सवका मुख्य आकर्षण रहेको कनकाइ कला, सस्कृती तथा साहित्य महोत्सवका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनुभयो ।
” स्थानीय कलाकृतिको प्रदर्शनी समेत रहने कला महोत्सवमा राष्ट्रियता झल्किने र सस्कृतिको प्रदर्शन गर्ने मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम रहनेछ्न”- कार्यक्रम तयारीपुर्ब प्रेसित बिज्ञप्तिमा उल्लेख छ-“कार्यक्रममा अग्रज साहित्यकार एवं कलाकारहरू तुलसी दिवस, अर्जुन पराजुली, प्रा.डा. द्वय रामप्रसाद ज्ञवाली र देबी नेपाल, मनु मन्जिल, धिरेन्द्र प्रेमर्सी, प्रदिप रोदन, लक्ष्मण गाम्नाङे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेट्वाल, गीतकार शिशिर योगी, मनोज गजुरेल, रचना रिमाल लगायतका सर्जकहरुको प्रस्तुति रहनेछ ।”
लगभग २५ लाख ४५ हजार रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा सबै सर्जकहरुको प्रस्तुति नि:शुल्क रुपमा हेर्न पाइने महोत्सवका आर्थिक संयोजक कुमारमणी पोखरेलले बताए।
कला, साहित्य र सस्कृतिको संरक्षण सगसगै हराउँदै गएको पठन संस्कृती बढाउने उद्देश्य राखिएको महोत्सवमा सार्बजनिक महत्त्वको पुस्तकालय स्थापनाका लागि पुस्तक कोटेशन एवं प्रदर्शनी पनि राखिनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कनकाई महाेत्सव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img