HomeFeatured 2चिल्ड्रेनले बाल स्वास्थ्य शिविर सञ्चालन गर्ने

चिल्ड्रेनले बाल स्वास्थ्य शिविर सञ्चालन गर्ने

बिर्तामोड ४ बैशाख । नव वर्षको प्रारम्भसंगै बिर्तामोड चिल्ड्रेन अस्पतालले निस् शुल्क स्वा स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । बालिकाको समग्र स्वास्थ्य परीक्षण तथा उपचार सेवालाई सहज पहुँचमा ल्याउने उद्देश्यले बैशाख ७ गतेदेखि वैशाख २१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने तयारी गरेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक सुजता मैनाली आचार्यले जानकारी दिनुभयो ।
शिबिर सञ्चालन अवधीभर नवजात शिशुसहित बालबालिकाको उपचार ओपिडिमा निःशुल्क सेवालाई प्रदान गर्ने तयारी गरेको अस्पतालले अन्य परीक्षणमा भने २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको मैनाली आचार्यले बताउनु भयो ।
शिविर अवधिभर ल्याब परीक्षणमा समेत २० प्रतिशत छुट गरेको शिविरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मैनाली आचार्यले शिविरमा बाल रोग परीक्षण तथा पोषण सम्बन्धी समस्याको जाँच र उपचार अनुभवी बाल रोग विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गर्नेछन्। बिर्तामोड र आसपासका क्षेत्रका बालबालिकाहरूमा हुने स्वास्थ्य सम्बन्धी जटिलताहरू चाँडै पहिचान गरी उचित उपचार गराउन यो शिविर आयोजना गरिएको जनाइएको छ ।
सो अवसरमा अस्पतालेले यसअघि दिंदै आएको बालरोग सम्बन्धी सेवा, शिविरमा प्रदान गरिने सेवा लगायतका बारेमा डा. रुपक आचार्यले स्पष्ट पार्नु भएको थियो ।
अस्पताल सञ्चालक समितिकी अध्यक्ष लीला मैनालीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण गोमा सिटौलाले गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य मदन गोपाल सुब्बा लगायतले आ आफ्ना धारण राखेका थिए ।सो अवसरमा अध्यक्ष लीला मैनालीले पत्रकार बच्चाहरुको उपचारमा २० प्रतिशत छुट दिने घोषणा समेत गर्नुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चिल्ड्रेनले बाल स्वास्थ्य शिविर सञ्चालन गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img