भद्रपुर २८ चैत । भद्रपुर १० देउनियामा रहेको पन्चकन्या देवी मन्दिर ब्यवस्थापन समितिको शनिवार सम्पन्न ८ औं वार्षिक साधारणसभाले पुन यादव प्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्ण दाहाल, सचिवमा उतम सुवेदी, सहसचिवमा भीम राई र कोषाध्यक्षमा विष्णु कुमार कोईराला लाई सर्वसम्मत चयन गरिएको हो । आगामी ४ वर्षे कार्यकालको लागि गठित समिति सदस्यहरुमा क्रमशः अशोक नेपाल , मुना रोक्का ,राम चौधरी, गोपाल दाहाल, शिव कोईराला र अशोक रोक्कालाई सर्वसम्मत चयन गरेको छ ।
यसअघि सम्पन्न सभाको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गर्नु भएको थियो ।सभामा मन्दिरको जगा दाता गोपाल थापा लगायतलाई सम्मान समेत गरिएको थियो । भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम को संचालन मदन अधिकारीले गर्नु भएको थियो ।
पन्चकन्या देवी मन्दिर ब्यवस्थापन समिति गठन

































































































