काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ ।
विभागले इन्धनको मूल्य र अन्य १३ वटा सूचकहरुलाई आधार मानी वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा नयाँ भाडादर लागू गरेको हो ।
विभागले निकालेको सूचना अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६।७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५।७५ प्रतिशतले बढाइएको छ । बृद्धि भएको भाडादर विद्युतीय सवारीमा भने लागू नहुने बताइएको छ ।


































































































