बिर्तामोड ६ बैशाख । नेपाली कांग्रेस झापाले जरा अभियान प्रभावकारी बनाउन बैशाख १२ गतेदेखि क्षेत्रस्तरीय कार्यक्रम तय गरेको छ । सो अन्तरगत आगामी बैशाख १२ गते झापाका क्षेत्र नं–१ र २, १३ गते क्षेत्र नं–३ र ४ एवं १४ गते क्षेत्र नं–५ मा जरा अभियान अन्तरगत प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र केन्द्रीय प्रतिनिधिद्वय बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा बैशाख ५ गते बसेको जिल्ला कार्यसमितिको बृहत बैठकले क्षेत्रस्तरीय कार्यक्रम तय गर्दै सम्बन्धित क्षेत्रका लागि जिल्ला प्रतिनिधिहरु तय गरेको छ ।
जस अनुसार क्षेत्र नं–१ मा उपसभापति केशवराज पाण्डे, क्षेत्र नं–२ मा सचिव कृष्ण हुमागाई र कोषाध्यक्ष जलकुमार गुरुङ, क्षेत्र नं–३ मा सचिव नवीन विमली र सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी, क्षेत्र नं–४ मा सभापति देउकुमार थेवे र सहसचिव कमलप्रसाद भण्डारी एवं क्षेत्र नं–५ मा उपसभापति शेरबहादुर भट्टराईलाई जिल्ला प्रतिनिधि तोकिएको छ ।
क्षेत्रगत रुपमा प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न भएपश्चात वडाहरुमा क्रियाशिल सदस्यता अध्यावधिक गर्ने कार्यतालिका तय गरिने बताइएको छ ।
जरा अभियान अन्तरगतको प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रममा सम्बन्धित क्षेत्रभित्रका सवै वडाका सभापति र सचिवहरु, प्रत्येक वडाका नेविसंघ र नेपाल तरुण दलका डिजिटल प्रविधि चलाउन जान्ने १–१ जना प्रतिनिधिहरु, गाउँ–नगर, प्रदेशसभा क्षेत्रका सभापति एवं पदाधिकारीहरु, केन्द्रीय–पूर्व केन्द्रीय सदस्यहरु, सांसद–पूर्व सांसदहरु, सांसदका उम्मेद्वारहरु, कोशी प्रदेश पदाधिकारी, सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्य समितिका पदाधिकारी, सदस्यहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाका केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रका अध्यक्षहरु सहभागी हुनेछन् ।
क्रियाशिल सदस्यता अद्यावधिक गर्नका लागि डिजिटल प्लेटफर्म सञ्चालन गर्न नेविसंघ र नेपाल तरुण दलबाट जनशक्ति ब्यवस्थापन र परिचालन गर्ने निर्णय गर्दै यसका लागि उपसभापति केशवराज पाण्डेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ । गठित उपसमितिको सदस्य सचिवमा कृष्ण हुमागाईं, सदस्यहरुमा लोकराज ढकाल, पुष्प पौडेल, सजेश शिवाकोटी र सञ्जय निरौला रहनुभएको छ ।
कांग्रेसको जरा अभियानको प्रारम्भमा प्रविधिको ज्ञान दिने

































































































