HomeFeatured 2बार एसोसिएसन झापाले ५९ औं बार्षिक साधारण सभा

बार एसोसिएसन झापाले ५९ औं बार्षिक साधारण सभा

भद्रपुर २७ चैत्र । नेपाल बार एसोसिएसन झापाले ५९ औं वार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ । एसोसिएसनको सभाहलमा शुक्रबार सम्पन्न सभाको न्यायाधीश अम्बिकाप्रसाद दाहालले पानसमा वत्ती वालेर उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै उहाले न्यायलयको सुधारका लागि कानुन व्यवसायीको भुमिका अझ अपरिहार्य रहेको बताउदै बार र बेन्च बीचको सम्बन्ध सुधार गर्दै लैजानु पर्नेमा जोड दिनु भयो । प्रमुख अतिथि दाहालले न्यायलय प्रति कानुन व्यवसायीले देखाएको उद्दार निति प्रति कृतज्ञता व्यक्त गर्दै आफुहरुले कमीकमजोरीको सुधार गर्दै सबै पक्षको सहयोगमा न्यालयलयको थप सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नव आगन्तुक न्यायाधीश डिल्ली प्रसाद आचार्य, निवर्तमान वर्तमान केन्द्रीय उपाध्यक्ष सुरज खत्री ,वरिष्ठ अधिवक्ता हरु, कुलप्रसाद दाहाल,लेखनाथ निरौला,टंक प्रसाद उप्रेती ,गजेन्द्र आचार्य ,दामोदर सापकोटा लगायतले बोल्दै मर्यादित र स्वस्च्छ न्यायलय आजको आवश्यकता रहेको बताउनुभयो ।
बसन्त नेपालको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव दिपेन्द्र भट्टराई र स्वागत मन्तव्य उपाध्यक्ष चित्र बहादुर मगरले गर्नु भएको थियो । सभामा एसोसिएसनका पुर्व उपाध्यक्ष अशोक पोखरेल लगायतका झापा बारका पुर्व उपाध्यक्ष हरु, कानुन व्यावसायी लगायतको उल्लेखनीय मात्रामा सहभागी रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बार एसोसिएसन झापाले ५९ औं बार्षिक साधारण सभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img