HomeFeatured 2साना मझौला साकोसद्वारा सञ्चालित स्वास्थ्य शिविरमा १५५ जनाले लिए सेवा

साना मझौला साकोसद्वारा सञ्चालित स्वास्थ्य शिविरमा १५५ जनाले लिए सेवा

बिर्तामोड ५ बैशाख । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था (साना मझौला साकोस) को आयोजना तथा बिर्ता सिटी हस्पिटल (बिमुक्ती फाउन्डेसन) को प्रायोजनमा महिलाहरू लक्षित स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत साना मझौला साकोसले महिलाको स्वास्थ्य संवेदनशीलतालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको सहकारीकी अध्यक्ष देवी बस्नेतले बताउनु भयो । बिर्ता सिटी हस्पिटल (बिमुक्त फाउण्डेसन) तथा नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १५५ जनाले सेवा लिएको बताइएको छ ।


बिर्तामोड नगरपालिका वडा नं. १ स्थित रत्न सावित्री उत्सव प्रतिष्ठानमा सञ्चालित शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर,सहित महिलामा हुने विभिन्न स्वास्थ्य सम्बन्धी समस्याको परीक्षण गरिएको स्वास्थ शिबिर सञ्चालन गरेको आयोजक संस्था संस्थाका व्यवस्थापक थेप्सुलाल गणेशले जानकारी दिनुभयो
बिर्तामोड नगरपालिका वडा नंं १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सञ्चालित शिविरमा शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष पाण्डेले वडामा पिछडिएको क्षेत्रलाई आधार बनाएर शिविर सञ्चालन गरेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

शिविरमा बिर्ता सिटी हस्पिटलका विशेषज्ञ डक्टरहरु डा. अजय अग्रवाल, डा. प्रिया मिश्रा लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेको बताइएको छ ।
साना मझौला साकोसकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा सम्पन्न शिविरको पहिलो सत्रमा रत्न, सावित्री उत्सव प्रतिष्ठानका अध्यक्ष रेसबहादुर बस्नेत, बिर्ता सिटी हस्पिटल (बिमुक्त फाउण्डेसन) की डा. रोमी बस्नेतले मन्तव्य राखेका थिए ।
प्रेम अधिकारीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्य ऋषी राईले स्वागत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2साना मझौला साकोसद्वारा सञ्चालित स्वास्थ्य शिविरमा १५५ जनाले लिए सेवा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img