इटाभट्टा माघ । पशुपति माध्यमिक विद्यालय मेचीनगर ४ पूर्व विद्यार्थी समाजले विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरेको छ।
विद्यालयका पूर्व प्रधानाध्यापक स्व।टेक बहादुर बरालको १२ औं स्मृति दिवसमा पूर्व विद्यार्थी समाजद्वारा स्मृति सभा र खेलकुद सामग्री वितरण गरेको हो।
वि। स।२०६८ साल माघ २५ गते तत्कालीन प्रधानाध्यापक टेकबहादुर बरालको सवारी दुर्घटनामा परी ज्यान गएको थियो। स्वर्गिय बरालको स्मृतिमा प्रत्येक वर्ष पूर्व विद्यार्थी समाजले विभिन्न कार्यक्रम आएको छ।
स्मृति दिवस कै अवसरमा स्व। बरालको परिवारद्वारा स्थापित स्व।लाल बहादुररकर्णमायारटेक बहादुर बराल स्मृति अक्षयकोषबाट एस ई ई मा उत्कृष्ट अंक ल्याउने छात्रा रेखा सार्की,र छात्र मनिस धिमाल लाई नग५र५ हजार सहित सम्मान गरिएको थियो।
पूर्व विद्यार्थी समाजका अध्यक्ष रविचन्द्र नेपालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, विद्यालयका प्रधानाध्यापक लक्षमण प्रधान,परिवारका तर्फबाट चन्द्र बराल ,पूर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष स्वस्तिका आचार्य लगायतले पूर्व प्रधानाध्यापक स्व।बरालप्रति श्रद्धान्जली अर्पण गर्दै विद्यालयको शैक्षिक गुणस्तर र स्तरोन्नतिमा पूर्व विद्यार्थीहरुको भूमिका पनि महत्वपूर्ण रहेको बताएका थिए।
विद्यालयका संस्थापक परिवार,संस्थापक विद्यार्थीहरू कर्नाखर चम्लगाई, र भद्रकुमारी सुवेदी, विद्यालय व्यस्थापन समिति अध्यक्ष दिपेन थापा, शिक्षक अभिभावक संघका अध्यक्ष युवराज गिरी, पूर्व शिक्षकहरू गणेश थापा,कृष्ण चन्द्र नेपाल, धर्मानन्द निरौला ,र पूर्व विद्यार्थी समाजका पदाधिकारी सदस्यहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव समीर राईले गरेका थिए ।
पूर्व विद्यार्थीद्वारा पशुपति माविका पूर्व प्रधानाध्यापक बरालको स्मृतिमा खेलकुद सामग्री वितरण
