सुरुङ्गा ७ कात्तिक । बेमौसमी बाढीले कनकाई नगरपालिका सहित देशभर कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको भन्दै नेपाली कांग्रेस कनकाई नगर समितिले कृषकका लागि उचित राहतको व्यवस्थापन गर्न नगरपालिका समक्ष माग गरेको छ ।

नेपाली काग्रेस कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाईद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा बाढी पीडित कृषक लक्षित विभिन्न ५ बुँदे माग अघि सारेको हो ।