HomeFeatured 2विश्व पोलियो दिवसमा झापाका रोटरी क्लवको सचेतना र्याली

विश्व पोलियो दिवसमा झापाका रोटरी क्लवको सचेतना र्याली

बिर्तामोड ७ कात्तिक । विश्व पोलियो दिवसको अवसरमा झापाका रोटरी क्लवहरुको आयोजनामा बिर्तामोडमा सचेतनामुलक र्यालीसहित मास्क बितरण गरिएको छ ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोटरी क्लव अफ बिर्तामोड, रोटरी क्लव अफ सुरूङ्गा, रोटरी क्लव अफ भद्रपुर, रोटरी क्लव अफ दमक, रोटरी क्लव अफ काँकरभिट्टा र रोटरी क्लव अफ मेचीनगर, रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउन, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक क्लव अफ बिर्तामोड, रोट्रयाक क्लव अफ सुरूङ्गा, रोट्रयाक क्लव अफ मेचीनगर, रोट्रयाक क्लव अफ इँटाभट्टा, रोट्रयाक क्लव अफ काँकरभिट्टा लगायतको संयुक्त आयोजनामा पोलियो सम्बन्धी सचेतना र्यालीसहित मास्क बितरण गरिएको हो ।
बिर्तामोडस्थित वनस्टप मलबाट शुरु भएको र्यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो । पोलियो उन्मूलन गरौं भन्ने नारा लेखिएको टिसर्टसहित मास्कसमेत वितरण गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले बताए । पोलियो लगभग अन्त्य हुने अवस्थामा पुगेको बताउँदै उनले अबको ३ वर्षमा नेपालबाट पोलियो उन्मुलन हुने दाबी गर्दै त्यो लक्ष्य पूरा गर्ने जिम्मा रोटरीहरुको भएको उनको भनाई थियो ।
कार्यक्रममा सहभागी रोटरीयनहरुले पोलियो उन्मुलनका लागि रोटरीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए । कार्यक्रम विश्व पोलियो दिवस र्याली ब्यबस्थापन समितिका संयोजक विनोद वस्नेतको संयोजकत्वमा भएको थियो । रोटरी इन्टरनेशनलको पहलमा २४ अक्टोबरका दिन पोलियो दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विश्व पोलियो दिवसमा झापाका रोटरी क्लवको सचेतना र्याली
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img