Homeविर्तामोडकांग्रेसको १४ औं महाधिवेशन : विर्तामोडमा सिटौलाको प्यानलै विजयी

कांग्रेसको १४ औं महाधिवेशन : विर्तामोडमा सिटौलाको प्यानलै विजयी

विर्तामोड १० असोज । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत चासोका साथ हेरिएको विर्तामोड नगरपालिकाको सभापति भोजराज सिटौलासहित पदाधिकारीमा प्यानलै विजयी भएको छ ।
सिटौलाले प्रतिष्पर्धी कुलप्रसाद संग्रौलालाई ४३ मतअन्तरले पछि पार्दै सभापतिमा सिटौला निर्वाचित भएका हुन् । सिटौलाले १५९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी संग्रौलाले ११६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपसभापतिमा सूर्यप्रसाद कन्दङ्वा १७३ मतसहित निर्वाचित हुँदा र राजकुमार राजवंशीले १३६ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित भए । उनीहरुका प्रतिष्पर्धी बलराम कार्कीले ११३ मत प्राप्त गर्दा र पशुपति राजवंशीले १०७ मत प्राप्त गरेका छन् । विजेतामध्ये कन्दङ्वाले सबै भन्दा बढी मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा १५३ मत प्राप्त गर्दै सचिवमा निर्वाचित हुँदा अर्का सचिवमा उत्तम खनाल निर्वाचित भएका छन् । खनालले १३५ मत प्राप्त गरे । उनीहरुका प्रतिष्पर्धी अच्युत दाहालले १२८ र दिपेन्द्र राउतले १२२ मत प्राप्त गरेका छन् । त्यसैगरी सहसचिवमा १६६ मत प्राप्त गर्दै रमेश चौधरी र १४७ मतसहित दिनेश पराजुली निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धी धर्मेन्द्र सिटौलाले ११५ र अमोद दाहालले १११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
दुवै प्यानलबाट खुल्ला सदस्य, तथा समावेशी कोटामा समेत निर्वाचन भएको थियो । २८० जना मतदाता रहेको बिर्तामोड नगरको निर्वाचनमा २७९ जनाले मतदान गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विर्तामोडकांग्रेसको १४ औं महाधिवेशन : विर्तामोडमा सिटौलाको प्यानलै विजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img