कमल १० असोज । कमल गाउँपालिकामा सम्पन्न कांग्रेस निर्वाचनबाट बुद्धिप्रसाद न्यौपाने चिठ्ठाबाट गाउँसभापतिमा निर्वाचित भएका छन् ।
खगेन भण्डारी र न्यौपानेले बराबरी ६५/६५ मत प्राप्त गरेसंगै त्यहाँ सभापतिको अन्तिम टुङ्गो लगाउन गोलाप्रथाको सहायता लिइएको थियो । खतिवडाका अनुसार उपसभापतिमा केदार कटुवाल र पदम निरौला, सचिवमा देविप्रसाद दाहाल र महेन्द्र वुढाथोकी तथा सह सचिवमा दुर्गा प्रसाद पोखरेल र सविता दाहाल कटुवाल निर्वाचित बनेका छन् ।
कमलमा चिठ्ठामार्फत न्यौपाने सभापति

































































































