विर्तामोड १० असोज । नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापतिमा ६१ मत सहित रामबहादुर कँडेल विजयी भएका छन् भने कनकाई नगर सभापतिमा दुर्गाप्रसाद प्रसाई विजयी भएका छन् ।
४ जना प्रतिष्पर्धीलाई पछाडि पार्दै साविक पृथ्वीनगरका बासिन्दा तथा वर्तमान सचिव रामबहादुर कँडेलले काँग्रेस भद्रपुरको नेतृत्व पाएका हुन् ।
सभापति पदको दावी गरेर ५ जना चुनावी मैदानमा उत्रिएकोमा मदनबहादुर बस्नेतले ५३ मत, बन्धु कार्की ५१ मत, भरत प्रसाई ५० मत र ज्ञानबहादुर चौहान १२ मतमा सिमित भएका छन् ।
यसैगरी २ वटा उपसभापतिमा रमेशचन्द्र झा र भरतचन्द्र गुरूङ निर्विरोध भएका छन् भने २ वटा सचिवका लागि अनिता रिजाल १६१ मत तथा उत्तम कोइराला १२१ मत ल्याएर विजयी भएका छन् । यस्तै २ वटा सहसचिव पदका लागि सन्तोषराज थापा, मनिकुमार राई, दिपेशकुमार नन्दलाल राजवंशीले १४४ र मनिकुमार राई ११० मतका साथ विजयी भएका छन् ।
कनकाई नगरको उपसभापतिमा सन्तोषकुमार रायमाझी र सूर्यकुमार थापा, सचिवमा दिपक खतिवडा र रेनुप्रसाद कँडेल निर्वाचित हुँदा सहसचिवमा उदिप दाहाल र धर्मलाल राजवंशी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाली काँग्रेस १४ औं महाधिवेशन भद्रपुर र कनकाई सभापतिमा कँडेल र प्रसाई

































































































