Homeसमाचारबिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने

बिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने

बिर्तामोड २९ भदौं । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजीकिएसंगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध ब्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

संघको पहलमा लगाउन लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । पूर्वको ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडका ब्यवसायीहरुलाई आगामी असोज २ र ३ गते दुई दिन कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । दुई चरणमा एक हजार ९५० जना ब्यवसायीलाई खोप लगाउने कार्यक्रम बनाइएको छ ।

खोप लगाउनका लागि आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९  मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आएमा संघको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको संघका प्रवक्ता संजीव घिमिरेले बताए । उनले भने–खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइन्छ । पहिलो दिन एक हजार र दोस्रो दिन ९५० जनालाई मात्र खोप लगाइन्छ । उनले कसैले अगाडी नै खोप लगाएको र दोस्रो डोजका लागि आए नपाउने उल्लेख गरे । पहिलो चरणको खोप कार्यक्रम भएकाले भ्याक्सिन नलगाउनेहरुले मात्रै यो खोप लगाइने बताए । खोप बिर्तामोड नगरपालिकाका स्वास्थ्यकर्मीले लगाइदिने जनाइएको छ । कोरोनाको संक्रमणका कारण लामो समय व्यवसाय बन्द हुदाँ समस्यामा परेको भन्दै यसअघि वाणिज्यसंघले प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउदै ब्यवसायीलाई तत्काल खोप लपलब्ध गराउन माग समेत गरेको थियो । संघको कार्यलयमा लगाइने खोप कार्यक्रममा आँउदा भौतिकदुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिदिन संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आग्रह गरे ।स्थानीय र प्रदेशसरकारसंग पटक–पटक खोप लगाइनदिन आग्रह गरेपनि ब्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा ब्यवसायीहरुलाई खोप लगाउन लागेको हो । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img