Homeसमाचारस्थापना दिवसमा विविध कार्यक्रम

स्थापना दिवसमा विविध कार्यक्रम

विर्तामोड १९ भदौ । मेची महाकाली संयुक्त बुहारी आवाज झापाले आफ्नो बार्षिक उत्सवको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष यमु शर्मा सुब्बाको जन्मदिन एवं संस्थाको दोस्रो स्थापना दिवसको अवसर पारेर झापाको कोटीहोमस्थित प्रणामी मन्दिरको अक्षयकोषका लागि ३१ हजार रुपैया सहयोग गरेको हो ।
संस्थाका झापा अध्यक्ष शिखा खड्का गणेशको सभापतित्व र केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सुनसरी अध्यक्ष पूजा बेडारी, मोरङ अध्यक्ष उमा सेढाई, प्रणामी मन्दिरका पुजारी, संस्थाका कोषाध्यक्ष परु सुवेदी, दमक उपशाखा अध्यक्ष जमुना निरौला, भद्रपुर उपशाखा अध्यक्ष दिक्षा काफ्ले लगायतले बोल्नुभएको थियो ।
प्रमुख अतिथि चन्द्रा काफ्लेले संस्थाका गतिविधि, लक्ष र उद्देश्यबारे जानकारी दिनुभएको कार्यक्रममा स्वागत झापा उपाध्यक्ष गंगा भट्टराई र सञ्चालन सचिव कविता थापाले गर्नुभएको थियो ।
झापा, मोरङ, सुनसरीका कार्यसमितिसहित सयबढीको उपस्थिति रहेको कार्यक्रममा बृद्धआश्रममा आश्रित १७ जना बृद्ध–बृद्धालाई सामुहिक भोजनसमेत गराइएको थियो ।
संस्थाले बार्षिक उत्सवकै अवसर पारेर होटल डिलाइटमा तीज मिलन समारोह पनि सम्पन्न गरेको छ । संस्था स्थापना एवं नेपाली महिलाहरुको प्रमुख सांस्कृतिक पर्व तीजको अवसरमा शुभकामना आदान–प्रदान पनि गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्थापना दिवसमा विविध कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img